अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

अमेरिकामा सम्पन्न तेक्वान्दो खुला प्रतियोगितामा नेपाली खेलाडीको बर्चस्व, नेपालीलाई ४४ वटा पदक प्राप्त

बिआरटीनेपाल २०७३ चैत १४ गते २३:०१ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टनमा गत मार्च २५ तारिखमा सम्पन्न भएको नेसनल क्यापिटोल तेक्वान्दो प्रतियोगितामा नेपाली मूलका खेलाडीहरुले कुल ४४ वटा पदक प्राप्त गरेका छन् l अधिकांश खेलाडी अमेरिकामा जन्मेका दोस्रो पुस्ताका खेलाडीहरु रहेका छन् l उक्त तेक्वान्दो खुला प्रतियोगितामा नेपाली खेलाडीको बर्चस्व सहित कूल ४४ वटा पदक प्राप्त गर्न सफल भएका छन् l 

उक्त प्रतियोगितामा बाल्टिमोर स्थित एवरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीको टिम एवरेस्ट नामक समूहले समूह पदको साथै १७ वटा स्वर्ण, १६ वटा रजत तथा ११ वटा कास्य पदक गरी कुल ४४ वटा पदक प्राप्त गरेका छन् l

यसै गरी नेपालका पूर्व खेलाडी, अन्तर्राष्ट्रिय/राष्ट्रिय प्रशिक्षक, अन्तर्राष्ट्रिय निर्णायकहरुको सहभागिता उल्लेख्य रहेको थियो l सन् २००९ देखि नै अमेरिकामा रहेका अन्तर्राष्ट्रिय/राष्ट्रिय प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको अहम भूमिका रहेको थियो l 

एवरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीका विद्यार्थीहरूले पुम्से तथा स्पारिङ्गमा पदक हासिल गरेका थिए l उक्त एकडेमीबाट ३१ जना बिधार्थीले भाग लिएका मध्ये १८ जना नेपली समुदायका बालबालिकाहरुले भाग लिएका थिए l

१२-१४ वर्ष सम्मको खेलमा कृषा कार्की स्पारिङ्ग(भिडन्त) तथा पुम्सेमा दुवैमा प्रथम, यसै गरी १८ वर्ष र माथिका उमेरमा सजनी राई स्पारिंग तथा पुम्सेमा दुवैमा प्रथम, अमन गुरुङ १५ -१७ वर्ष समूहमा दुवैमा प्रथम, प्रणव गर्बुजा स्पारिंगमा प्रथम तथा पुम्सेमा दोश्रा भएका छन् l

यसै गरी ८-९ वर्षको समूहमा हेगन छ्नात्यल स्पारिंगमा प्रथम तथा पुम्सेमा तेस्रो, ११-१२ वर्षको समूहमा सिम्रेन गुरुङ स्पारिंगमा प्रथम तथा पुम्सेमा तेस्रो स्थान, यसै गरी ११-१२ वर्ष सम्मको समूहमा प्रोसेस अधिकारी स्पारिंगमा प्रथम तथा पुम्सेमा तेस्रो भएका थिए l 

यसै गरी १२-१४ वर्ष सम्म उमेर समूहमा हेमन छन्त्याल भिडन्तमा प्रथम, ५-६ वर्ष समूह उमेरमा मलिना छन्त्याल भिडन्तमा प्रथम, ८-९ वर्ष उमेर समूहमा अभानिश गर्बुजा भिडन्तमा दोस्रो तथा पुम्सेमा पनि दोस्रो भएका छन् l

यसै गरी ९-१० वर्ष उमेर समूहमा का डेन छन्त्याल भिडन्तमा दोस्रो तथा पुम्सेमा दोस्रो, ६-७ वर्ष समूह महिला समूहमा श्रेया ढकाल भिडन्तमा दोस्रो तथा पुम्सेमा दोस्रो, यसै गरि १२/१४ वर्ष समूहमा निरज ढकाल भिडन्तमा दोस्रो तथा पुम्सेमा दोस्रो स्थान प्राप्त गरेका छन् l

यसै गरी १२-१४ वर्ष उमेर समूहका कालो फित्ताधारी (ब्लाक बेल्ट)मा भिडन्तमा तेस्रो तथा पुम्सेमा दोस्रो, यसै गरी ८-९ वर्ष समूहमा प्राणीमा आचार्य भिडन्तमा तेस्रो तथा पुम्सेमा पनि तेस्रो स्थान प्राप्त गरेकी छिन् l

यसै गरी १०-११ वर्ष समूहमा सबिन राई स्पारिङ्गमा तेस्रो स्थान तथा पुम्सेमा पनि तेस्रो स्थान, १०-११ वर्ष समूहमा रायन छन्त्याल भिडन्तमा तेस्रो स्थान तथा ८-९ वर्ष समूहमा ट्रिना छन्त्याल भिडन्तमा तेस्रो स्थान हासिल गरेकी छिन् l

उक्त नेसनल क्यापिटोल तेक्वान्दो प्रतियोगितामा एवरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीका संस्थापक तथा नेपाली मूलका प्रमुख समूह प्रशिक्षक मास्टर कुमार कार्की, टोली प्रशिक्षक मास्टर कल्पना कार्की, टोली प्रशिक्षक मास्टर निमा धमला तथा टोली प्रशिक्षक रोमित छेत्री रहेका थिए l

यसै गरी अन्तर्राष्ट्रिय निर्णायकमा मास्टर दिनेश श्रेष्ठ तथा मास्टर राजु छेत्री रहेका थिए l यसै गरी राष्ट्रिय निर्णायक गर्ने हरुमा मास्टर कृष्ण मुरारी, मास्टर कृष्ण बलाल, मास्टर राम चन्द्र केसी, मास्टर दुर्गा गुरुङ तथा मास्टर घम बहादुर थापा रहेका थिए l उक्त प्रतियोगिताको लागि अमेरिकाका विभिन्न राज्यहरू बाट गरी करिब ६ सय खेलाडीहरुले भाग लिएका थिए l 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू