अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४९ | Colorodo: 11:04

बुढो हात्ती पालौं

डा. किशोर सापकोटा २०७३ चैत १४ गते ९:१५ मा प्रकाशित

हात्ती ठुलो हुन्छ, बलियो हुन्छ ।
हात्तीले देशको रक्षा गर्न सक्छ ।
हात्ती वुद्धिमानी हुन्छ, देशको विकाश गर्न सक्छ ।
त्यसैले हात्ती पालौं ।

भूकम्प पीडितलाई खान भनेर करौडौको नगद आको छ,
केही करोड झिकेर हात्ती विकाश केन्दमा राखौं,
हात्तीलाई पौप्टिक आहाराको व्यवस्था गरौँ ।

भूकम्प पीडितको घर बनाउने भनेर अरवौं डलर आको छ,
केही अरब झिकेर हात्ती विकाश केन्दमा राखौं ।
हात्ती बस्ने सुविधा युक्त घर वनाऔं ।

दुई छाक खाना खानेहरु, एक छाक खा“उ
भात खानेहरु, ढीडो खाउ
मासु खानेहरु, फर्सी खाउ
फर्सी खानेहरु, तरुल खाउ
पैसा बचत गरौँ, अनि बुढो हात्ती पालौं ।

कार चढनेहरु, टेम्पो चढौं
वाइक चढनेहरु, साइकल चढौं
साइकल चढनेहरु, घरमै वसौं
पैसा जोगाऔं, हात्ती पालौं ।

वोर्डीङ पढनेहरु, स्कुल पढौं,
स्कुल पढनेहरु, घरमै वसौं
पैसा बचत गरौँ, हात्ती पालौं ।

बुढो हात्ती अनुभवी हुन्छ, वुद्दिमान हुन्छ
हात्ती पाले पछि, देश विकाश आँफै हुन्छ
त्यसैले हात्ती पालौं ।

काम नगर्नेले, काम गरौँ
काम गर्नेले, ओभर टाइम गरौँ
पैसा कमाऔं, हात्ती पालौं ।

जिउदा मान्छे पाल्न नसकेपनि,
मरेकालाई फाल्न नसकेपनि
हे सरकार, हामी हरेस नखाऔं
सबै कुरा छाडेर हात्ती पालौं ।

सयांै मान्छेले खाने खाना, एक्लो हात्तीले खाएर के भो र ?
हात्तीको बल पनि काम लाग्छ, मल पनि काम लाग्छ ।
हात्तीले कुल्चियर मरे पनि, मान्छे स्वर्ग पुग्छ ।
हजारौँ मान्छेको अलिकति अलिकति खाना खोसौं,
केही हात्तीलाई पुगीहाल्छ ।

पत्रिका लेख्छ, सयौँ मान्छे खान नपाएर मरे रे १
हे मान्छे मरे भनेर समाचार लेख्ने पत्रकार हो,
सयौँ मान्छे जन्मेका पनि छन् नि, कहिल्यै समाचार लेखेका छौ रु
मान्छे जन्मनु, मर्नु त सामान्य हो, पाकृतिक नियम हो ।

टेली भिजन देखाउछ जीवनजल नपाएर झाडा पखालाले सयौँ मान्छे मरे रे
झाडा पखालाले मान्छे मर्नु के अनौठो हो र
मोति विन्दु लागेर त मरेका हैनन नि रु
मान्छे मरे मरुन, जे सुकै गरुन,
माननीय हात्तिहरुको संरक्षण गरौँ ।
सबै कुरा छाडेर बुढो हात्ती पालौं ।