अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६ | Colorodo: 08:31

तेस्रो भक्तपुर औधोगिक सांस्कृतिक,पर्यटन तथा व्यापार मेला २०७३/७४ हुँदै

बिआरटीनेपाल २०७३ चैत १४ गते ९:१० मा प्रकाशित

नयाँ वर्ष नयाँ सोच, युवाहरूको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा भक्तपुरमा तेस्रो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३/७४ यही आउदो चैत २२ गते देखि वैशाख २ गते सम्म भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा हुने भएको छ l लामो समय देखि नेपालका विभिन्न जिल्लाहरूमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्था र मध्यपुर ब्वाइज ब्याण्ड नेपाल सस्थाको संयुक्त आयोजनामा भक्तपुरमा तेस्रो पटक तेस्रो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३/७४ आयोजना हुन लागेको हो l यस बारेमा आयोजक कमिटिले एक पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो l भक्तपुर आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थल रहेको छ यसै अनुरूप यस मेलाले भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदि गरी आर्थिक रूपले पनि मजबुत बनाउने र भक्तपुरलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी यस मेलाका संयोजक दीपक थापाले दिए साथै विगतका वर्षमा भएका कमी कमजोरीलाई यो पटक सुधार गर्दै तेस्रो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेलालाइ एतिहासिक बनाउने जानकारी पनि गराए l

उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउँमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरी अटोमोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र नृत्य प्रतियोगिता, सास्कृतिक प्रदर्शनी, चिडियाघर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खान महोत्सव, व्यापार तथा पर्यटकीय प्रदर्शनी र चर्चित गायक तथा गायिका द्वारा लोक दोहोरी गीत समेत प्रस्तुत हुनेछ l मेलामा बिक्री वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था छ भने मेलामा प्रवेश शुल्क रु ४० र ३० मात्र रहेको जानकारी पनि व्यवस्थापन कमिटीले गराएको छ l

तेस्रो औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३/७४ मा करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आफ्नो मनोरन्जनात्मक कला, गायन कला, हास्य ब्यङ्ग प्रदर्शन गर्ने र उपस्थित भीडलाई भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए साथै उक्त मेला अवलोकन गरी आन्तरिक तथा बाह्य व्यापार व्यवसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाई उनले आव्हान गरेका छन् र यो मेलाले भक्तपुरलाइ मात्र नभएर अन्य बाह्य छिमेकी जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्ने कुराको जानकारी पनि उनले गराएका थिए l उक्त पत्रकार सम्मेलनमा मध्यपुर ब्वाइज ब्याण्डका प्रमुख सुनिल बज्राचार्य, औधोगिक शान्ति नेपाल सस्थाका उपाधक्ष्य राज कुमार खड्का,महासचिव शङ्कर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल तथा स्टल संयोजक विनोद जैसवालको समेत उपस्थिति रहेको थियो l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू