अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

भर्जिनियामा कोठे कविता गोष्ठी कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७३ चैत १४ गते ९:०१ मा प्रकाशित

हर्नडन, भर्जिनिया । भर्जिनिया तथा डी.सी क्षेत्रका साहित्यकारहरुको एक जमघटका बिच हर्डन, भर्जिनिया निवासी पत्रकार तथा साहित्यकार गुणराज लुइटेलको निवासमा ३२ औँ कोठे कविता विचार गोष्ठी सम्पन्न भयो । 

आयोजक लुइटेलका अनुसार सो गोष्ठीमा अन्तर्राष्ट्रिय साहित्य समाज अनेसासका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार होमनाथ सुवेदी लगायतका कवि, सर्जकहरुले दुई चरणमा आआफ्ना रचना वाचन गर्नु भएको थियो । पहिलो चरणको प्रस्तुतिमा भने कोठे कविता विचार गोष्ठीको परम्परा अनुसार प्रस्तुत सिर्जना माथि सबैले टीकाटिपणी गरेका थिए । सो अवसरमा रचना प्रस्तुत गर्नु हुने अन्य साहित्यकारहरुमा प्रा. हरि घिमिरे, गोपाल रेग्मी, गुणराज लुइटेल, सुदीपभद्र खनाल, प्रेम संग्रौला, पुरु तिमिल्सिना, सीता पाण्डे, प्रकाश नेपाल, निता श्रेष्ठ, कल्पना सुवेदी, दुर्गा रिजाल एवं मञ्जु संगौलाले आआफ्ना नव सिर्जित रचना प्रस्तुत गर्नु भएको थियो भने सीता खरेल लुईटेल, मञ्जु संग्रौला र गोमा खरेलले गीत प्रस्तुत गर्नु भएको थियो ।

यो विचार गोष्ठी भर्जिनिया र डिसी मेट्रो क्षेत्रमा हरेक दुई दुई महिनामा विभिन्न सर्जकहरुको घरमा हुने गर्दछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू