अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५९ | Colorodo: 06:14

अमेरिकामा रात्रिक्लवमा गोली चल्दा एकको मृत्यु, १४ जना घाइते

बिआरटीनेपाल २०७३ चैत १३ गते १०:१३ मा प्रकाशित

वासिङ्टन (संयुक्त राज्य अमेरिका) । अमेरिकाको ओहायो राज्यमा आइतबार बिहानै एक रात्रिक्लवमा गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै बताएकाछन् ।

सिनसिनटीस्थित उक्त रात्रिकालिनक्लवमा आइतबार बिहान करिब एक बजे गोली चलेको सिनसिनटी प्रहरी विभागका सर्जेन्ट एरिक फ्रान्जले अमेरिकी एविसी न्यूजलाई बताउनुभयो । फ्रान्जले घटनालाई ठुलो र जटिल आक्रमण भएको भनी टिप्पणी गर्नुभयो । यति बेला घटनालाई देखेका धेरै जनासँग प्रहरीले कुराकानी तथा अनुसन्धान गरिरहेको छ तर कसैलाई प्रहरी हिरासतमा नलिएको प्रहरी सर्जेन्ट फ्रान्जले बताउनुभयो ।

सिनसिनटीका प्रहरी उपप्रमुखले यस घटनामा आतङ्कवादी समूहको सम्लग्नता रहेको कुनै सङ्केत नेभेटिएको बताउनुभयो । घटना कुन उद्देश्यले घटाइएको भन्ने विषय अझै छानविनको विषय रहेको छ । प्रहरीले रात्रिक्लवमा गोली चल्दा सयौँ मानिस घटनास्थलमा रहेको पुष्टि गरेको छ । रासस/सिन्ह्वा (फायल फोटो)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू