अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

अमेरिका निवासी गीतकार अम्बिका गुरुङले वृद्धाश्रममा सार्वजनिक गरिन् आफ्ना २ गीत (भिडियो)

बिआरटीनेपाल २०७३ चैत १३ गते ६:११ मा प्रकाशित

अमेरिका निवासी गीतकार तथा साहित्यकार अम्बिका गुरुङले आफ्नी स्वर्गीय आमा कृष्णकुमारी गुरुङको २० औं पूण्यतिथीका अवसर पारेर काठमाडौंको एउटा वृद्धाश्रममा आफ्ना दुई गीत सार्वजनिक गरेकी छन् ।  गीतकार गुरुङले शान्तिनगरस्थित निःसहाय सेवा सदन तथा जेष्ठ नागरिक आवास गृहमा आयोजित समारोहमा गीतकार गुरुङले गृहमा आश्रित करिव ५० जना वृद्ध–वृद्धालाई भोजन गराउनुका साथै उनीहरुको स्वास्थोपचारका लागि नगद ५० हजार एक सय रुपैया सहयोग गरेकी हुन्  ।

समारोहमा गीतकार गुरुङद्वारा रचित ‘आमा….’ शीर्षकको गीतको अडियो सार्वजनिक गरियो । उक्त गीतमा गायक रामकृष्ण ढकालको स्वर तथा प्रकाश लेप्चाको संगीत रहेको छ ।

सोही समारोहमा गीतकार गुरुङकै शब्द रचनाको ‘मैलै फूल भनेर….’ गीतको म्युजिक भिडियो पनि प्रिमियर गरियो । गायिका रीमा गुरुङ होडाको स्वरको उक्त गीतको म्युजिक भिडियो अमेरिकामै निर्मँण गरिएको छ, जसको निर्देशन अनिषा के क्षेत्रीले गरेकी हुन् । भिडियोमा अभिनेता राजबल्लभ कोइराला तथा अभिनेत्री सुनिक्षा मैनालीले अभिनय गरेका छन् । भावना उप्रेती क्षेत्रीले पनि भिडियोमा अभिनय गरेकी छिन् ।

उक्त गीतमा पनि प्रकाश लेप्चाकै संगीत निर्देशन तथा संगीत संयोजन छ । यो एल्बम गीतकार गुरुङको ‘भाव सागर–१’ एल्बममा समावेश छ । परी ड्रिम टिमले उक्त भिडियो निर्माण गरेको हो । सुरेश दर्पण पोखरल उक्त भिडियोका छायांकार हुन् भने अनन्त घिमिरेले भिडियो सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया