अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०९ | Colorodo: 16:24

बेइजिङमा चालकरहित रेल चलाइने

बिआरटीनेपाल २०७३ चैत ११ गते ११:०० मा प्रकाशित

बेङजिङ, ११ चैत । बेइजिङमा यसै वर्ष चालक रहितको रेल चलाउने तयारी भइरहेको स्थानीय अधिकारीहरूले शुक्रवार बताएका छन् ।

स्वदेशमै निर्माण गरिएको पूर्णसुविधा सम्पन्न चालकविहिन रेल चीनका मुख्य मुख्य ठाउँमा चलाउने तयारी भइरहेको बेइजिङको गाउँ सहर विकास आयोगका एक जना प्रवक्ताले जानकारी दिनुभयो ।

बेइजिङको १६.६ किलोमिटर यानफाङ लाइनमा यस्तो प्रकारको रेल चलाउनेगरी काम भइरहेको उहाँले बताउनुभयो ।

मध्यम गतिको र आधुनिक रेल सञ्चालनका लागि सन् २०१७ भित्रमा सबै तयारी पुरा भई सञ्चालनमा आई सक्ने अनुमान गरिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू