अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३२ | Colorodo: 07:47

राष्ट्रपति ट्रम्पलाई ओबामा केयर (बिमा) भालुको कन्पट, आज मतदानको फैसला हुने

बिआरटीनेपाल २०७३ चैत ११ गते १०:५५ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ओबामा केयर (बिमा) भालुको कन्पट भएको छ । चुनावी अभियान देखि नै सशक्त रूपमा ट्रम्पले उग्र रूपमा विरोध गर्दै आएको ओबामा स्वास्थ्य बिमा अहिले आएर गम्भीर विषय बनेको छ ।

सिनेटमा बहुमत तथा संसद्मा पनि बहुमत भएता पनि ओबामा केयर (बिमा)लाई हटाउन उनलाई पसिना निक्लेको छ l ओबामा केयर हटाउने उनको प्रमुख मुद्धा रहेको र यसलाई नै भजाएर चुनाव जितेका ट्रम्प लाई अहिले यो खानु न ओकल्नु भएको छ l उनले अमेरिकन जनतालाई यो स्वास्थ्य बिमाको अनेकौ खोट देखाउदै आफ्ना पक्षमा मतदान गर्न आब्हान गरे पछि जनताले उनलाई विजयी बनाए l तर अहिले उनकै दलका संसद् र सिनेटले उनका प्रस्तावलाई अस्वीकार गरेका छन् l गत मार्च २३ मा हुनु पर्ने मतदानलाई आज मार्च २४ तारिख सारिएको छ l

राष्ट्रपति ट्रम्प र रिपब्लिकन दल ले सबै सफल बनाउन कुनै उपाय बाकी राखेका छैनन् तथापि हिजो सम्मको मत गणना मा अझ पनि मतदानमा विजयी हुने छाट देखिएको छैन l रिपब्लिकन कै ३० भन्दा ज्यादा सदस्यहरू विपक्षमा रहेकोले उनलाई ठुलो धक्का लागेको छ l

रिपब्लिकनहरुले आज मतदान को फैसला हुने बताएका छन् भने आज मार्च २४ तारिख दिउसो ओबामा केएर रहने या नरहने भएको छ l पारित भयो भने राष्ट्रपति डोनाल्डको पहिलो ऐतिहासिक जित हुने छ भने हार भएमा उनलाई अर्को ठुलो धक्का पक्का लाग्ने छ l र उनले यसलाई सफल बनाउन आफै ठुलो प्रयास गरी रहेका छन् l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू