अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

राजेन थापा अमेरिकाको लायन्स क्लबबाट पहिलो नेपाली डिस्ट्रक्ट गभर्नर बन्दै

बिआरटीनेपाल २०७३ चैत ९ गते ८:२१ मा प्रकाशित

अन्तर्राष्ट्रिय लायन्स कल्बले यही आउदो जुलाईको पहिलो सप्ताह अमेरिकाको सिकागो सहरमा भव्यरुपमा ऐतिहासिक सत बार्षिकी कार्यक्रम मनाउदै छ। विश्व प्रसिद्ध सहर सिकागोमा हुने उक्त सम्मेलनमा सहभागी हुन् विश्वको १२० भन्दा धेरै देशका २०,००० भन्दा धेरै प्रतिनिधिहरू आउने जानकारी अन्तर्राष्ट्रिय लायन्स कल्बको वेबसाइट http://lcicon.lionsclubs.org/EN/index.php मा उल्लिखित छ । उक्त महासम्मेलनमा विश्व भरीबाट आएका डिस्ट्रिक गभर्नरहरुले अन्तर्राष्ट्रिय अध्यक्ष लगायात सम्पूर्ण कार्यसमितिसँगै सपथ ग्रहण लिदै छन्।

सोही क्रममा हाल विश्वको हरेक स्थानमा रहेको लायन्स क्लबहरुमा नयाँ कार्यसमितिको निर्वाचन धमाधम हुँदैछ र हरेक वर्ष जुलाईको पहिलो साताबाट नयाँ समितिले आफ्नो कार्यभार सम्हाल्ने परम्परा लायन्स क्लबमा रहेको छ। सोही अनुरूप नेपाल बाहिर सम्भवत पहिलो पल्ट नेपाली मूलका राजेन थापा अमेरिकाको क्यालिफोर्निया अन्तर्गत डिस्ट्रिक ४ सी ३ को गभर्नर हुने निश्चित भई सकेको जानकारी डिस्ट्रिक गभर्नर यान भल्टरले ” Meet and Greet ” कार्यक्रममा आफ्नो मन्तव्य दिने क्रममा जानकारी गराउदै अग्रिम बधाई समेत दिएका थिए।

नेपालमा शिक्षा क्षेत्रमा लामो योगदान पुर्‍याउनु भएका र अमेरिकाको क्यालिफोर्नियामा सफल व्यवसायी तथा चहकिलो समाजसेवीको छवि बनाउन सफल राजेन थापाको अध्यक्षतामा पहिलो पल्ट आज भन्दा एघार वर्ष अघि २००६ मा लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णको स्थापना भएको थियो र हाल आएर यस क्षेत्रमा ५ वटा नेपाली समुदायमा लायन्स क्लब स्थापना भई सकेको र सो क्लबहरुले विविध सेवा मूलक कार्यहरू गर्दै आई रहेको छ।

यसै सन्दर्भमा हालै क्यालिफोर्नियाको रोसमुर सहरमा संयुक्त रूपमा डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन राजेन थापा, फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन स्किप जेण्डर तथा सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार ड्युक डुनहामको पहलमा परिचयात्मायक “मिट एण्ड ग्रीट” कार्यक्रमको आयोजाना गरिएको थियो । जसको संयोजकमा बर्क्ली अन्नपूर्णका भूतपूर्व अध्यक्ष लक्ष्मी चौधरी रहेकी थिइन् । उक्त कार्यक्रममा बर्क्ली मकालु लायन्स क्लबकी नृत्य निर्देशिका संगीता शर्मा र बर्क्ली अन्नपूर्णकि दोस्रो उपाध्यक्ष बिन्दु सापकोटाद्वारा क्रमशः बज्रयोगिनी नृत्य र नेपाली लोक नृत्य प्रस्तुत गरिएको थियो । त्यसै गरी अन्य स्थानीय कलाकारहरूले समेत नेपाली, अङ्ग्रेजी र स्पेनिस नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

कार्यकमलाई दुई चरणमा बिभाजन गरिएको थियो जसमा पहिलो चरणको औपचारिक कार्यक्रमको सञ्चालन डिस्ट्रिक ४ सी ३ का जोन चियरमेन / बर्क्ली अन्नपूर्णका निबर्तमान अध्यक्ष ध्रुव थापाले गरेका थिए। सांस्कृतिक कार्यकमको सञ्चालन भने फ़्रिमन्ट सगरमाथा लायन्स क्लबकी महासचिव प्रि रिजालले गरेकी थिइन् । कार्यक्रममा हालका डिस्ट्रिक गभर्नर, भूतपूर्व डिस्ट्रिक गभर्नर लगायत थुप्रै क्लबका अध्यक्ष र नेपाली र अमेरिकी सङ्घ संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । साथै उपस्थित प्रतिनिधिहरू, आमन्त्रित व्यक्तित्वहरुले राजेन थापा र अन्य उम्मेदवारहरुलाई आउदो कार्यकालको सफलताको शुभकामना समेत व्यक्त गरेका थिए।

कार्यक्रममा स्थानीय नेपाली रेस्टुरेन्टहरुमा “टेस्ट अफ द हिमालयज, हिमालयन फ्लेबर, क्रिएसन टेस्ट अफ द हिमालयज, अन्नपूर्ण रेस्टुरेन्ट एंड बार र अजन्ता रेस्टुरेन्टको तर्फबाट नेपाली र भारतीय चमेनाहरु सौजन्य गरिएको थियो भने अन्य उम्मेदवारहरुको तर्फबाट पेय पदार्थहरु सौजन्य गरिएको थियो । कार्यक्रममा भूतपूर्व गभर्नर गेरी वाङ्गले हालको प्रथम भाइस डिस्ट्रिक गभर्नर र हुने वाला गभर्नर राजेन थापाको परिचय बडो रोचक ढङ्गमा प्रस्तुत गरेका थिए भने उनको सफल नेतृत्वमा यस डिस्ट्रिकले धेरै उपलब्धि मूलक कार्यहरू गर्ने कुरामा विश्वस्त रहेको जानकारी गराएका थिए।

उनले परिचय दिनेक्रममा ” राजेन थापाले सन् १९९६ मा नेपालमा छँदै लायन्स क्लबमा संलग्न भई लायोनिजम प्रारम्भ गरेको , क्यालिफोर्नियामा संस्थापक अध्यक्षको रूपमा लायन्स क्लब स्थापना गरेको र क्यालिफोर्निया लगायत भर्जिनिया र न्यूयोर्कमा समेत ५ वटा नेपाली लायन्स क्लब खोल्न विशेष योगदान पुर्‍याउनु जानकारी गराएका थिए। वहा सन् २०१५-१६ मा सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर, सन् २०१६-१७ मा फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नरका रूपमा उहाँ रहनु भएको छ ।

स्मरणीय छ अमेरिकाको क्यालिफोर्निया, टेक्सस, न्यू हाम्सायर, मासाच्यूसेटस्, न्यु योर्क, मेरिल्याण्ड , भर्जिनिया लगायतका राज्यहरूमा नेपाली लायन्स क्लवहरु स्थापाना भई सञ्चालन भैरहेका छन्। उनको कार्यकालमा अखा शिविर गराउन अमेरिकाबाट डाक्टर र लायन्स स्वम्सेवकहरुको टोली लिएर नेपाल जाने तयारी समेत भएको जानकारी क्यालिफोर्निया नेभाडा लायन्स क्लबको वेबसाइटमा उल्लिखित छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू