अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०१ | Colorodo: 00:16

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको इतिहास प्रकाशन

बिआरटीनेपाल २०७३ चैत ८ गते २२:२५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको इतिहास प्रकाशन कार्य पूरा भई धेरैको हातमा पुगेको छ । संस्थाको रजतजयन्ती, २०१६ का अवसरमा प्रकाशित सो पुस्तक नेपाली साहित्यमा एक महत्त्वपूर्ण र गरिमामय बन्ने विश्वास लिइएको छ । सो इतिहास अन्तर्राष्ट्रिय नेपाली साहित्यमा जिज्ञासा राख्ने, नेपाली साहित्यमा अभिरुचि राख्ने, डायस्पोरिक अध्ययन गर्न चाहने र यसका सदस्यहरू सबैको लागि एक विशेष कृतिको रूपमा रहने जनाइएको छ ।

अनेसासकका संस्थापक प्रधान सम्पादक रहनु भएको सो कृतिमा पूर्व अध्यक्षहरु डा। दुबसु क्षेत्री, मोहन सिटौला, गीता खत्री, ट्रष्टीका अध्यक्ष डा। श्याम कार्की, महासचिव गोबर्धन पूजा, केन्द्रीय कार्यसमितिका पूर्व उपाध्यक्ष राम खत्री, साहित्यकार एवं केन्द्रीय कार्यसमितिका सदस्य सन्ध्या पहाडी र अनेसास डेलावर च्याप्टरका अध्यक्ष गुणराज लुइँटेल सम्पादक मण्डल रहेको प्रकाशन समितिले सो कृति प्रकाशन कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । १०७५ पेज रहेको सो पुस्तकमा अनेसासको उत्थानकाल, डायस्पोराकाल, अनेसास बोर्ड अफ ट्रष्टीज, अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार, अनेसासको विधि विधानमा संशोधन, अनेसासको प्रकाशनको इतिहास, अनेक डायस्पोरामा अनेसास, यूरोपेली नेपाली डायस्पोरामा अनेसास, एसियाली नेपाली डायस्पोरामा अनेसास, ओसेनियाली डायस्पोरामा अनेसास समेटिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको केन्द्रीय कार्यसमितिको बैठकले इतिहास प्रकाशनमा अहोरात्र खटेर मिहिनेतका साथ प्रकाशन गर्ने संस्थापक अध्यक्ष एवं प्रधान सम्पादक होमनाथ सुबेदी लगायत सम्पादकहरुमा हार्दिक आभार प्रकट गर्ने निर्णय गरेको छ । यस अवसरमा अध्यक्ष विश्वकर्माले अनेसासको इतिहास प्रकाशनमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु, लेखकहरु, अनेसासका संस्थापकहरु, ट्रष्टी सदस्यहरू, पूर्व अध्यक्षहरु, वर्तमान एवं पूर्व कार्यसमितिका पदाधिकारीहरू र सल्लाहकारहरु, सम्पूर्ण च्याप्टरका पदाधिकारीहरू, आजीवन सदस्यहरू, संस्थाको स्थापनादेखि यसलाई मलजल गर्ने सम्पूर्ण महानुभावहरु, साहित्यकारहरु र यसलाई माया गर्नुहुने सम्पूर्ण महानुभावहरुप्रति पनि आभारी प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू