अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 03:45

देशद्रोही सरकार जनतामाथि तिम्रो दमन र हस्तक्षेप कहिले सम्म ?

निशा अर्याल २०७३ चैत ८ गते १०:०२ मा प्रकाशित

” प्रचन्ड सरकार रुक्दैन्न नेपाली न झुक्दछ्न अब ”
“आफै बन्ने मुद्दा अनि मुद्दालय पनि ,
न्यायाधिस बन्ने आफै अनि दिने फैसला पनि ”

राजनीतिको घिनलाग्दो र सुरक्षा कर्मी त्यही विदेशी गुलाम ठुला नेताको अन्धोपनको सिकार भएको देखेर अत्यन्तै चिन्ता लाग्न थालेको छ | सुरक्षा कर्मी त देश र जनताको हितको लागि पो माटो समाएर सपत लिन्छन तर यहाँ त सुरक्षा कर्मी त्यस्तो जीवन बचाउन सपत खाएका छन् जस्तो भान हुन्छ जो देश बेचेर आफ्नो परिवार सहित पलायन हुने गर्दछन् | देशका रक्षक आर्मी,पुलिस किन त्यस्ता नेताको आदेशको पालना गर्दैछन जुन गलत छ ? जसले जनताको माग नभएको कुरा आफ्नो स्वार्थ सिद्धिका निम्ति राजतन्त्रको अन्त्य र नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गर्न विदेशी गुलाम ,देशद्रोही सरकार जनतामाथि तिम्रो दमन र हस्तक्षेप कहिले सम्म ?

अढाई करोड भन्दा बढी जनसङ्ख्या भएको नेपालमा गण तन्त्र र धर्म निरपेक्ष धोषणा भएको समय देखि लामो राजनीतिक सङ्कट र इसाई संस्थाहरू द्वारा कथित धर्म परिवर्तनका बिच नेपालमा फेरि पनि हिन्दु राष्ट्र घोषित गर्ने माग नेपाली जनताकै हो भन्ने कुरा थाहा पाई पाई बुढा ,वृद्ध,र आफ्नो विचार प्रस्तुत गर्न भाषण ,र्याली गर्ने माथि तिम्रो यस्तो किसिमको हस्तक्षेप किन?

राष्ट्रिय प्रजातन्त्र पाटी हिजो पनि हिन्दुवादी ,राजतन्त्र बादी हो र रहन्छ | चेतना भए यस मागको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हस्ताक्षर अभियान चलायो । २० लाख भन्दा बढीले हस्ताक्षर गरे । नेपालमा ८४ % प्रतिशत भन्दा बढी हिन्दु छन् । राजनीतिक गतिरोध र धर्म परिवर्तनको मनोपरी नियतको आरोपहरूबाट देशका जनता आक्रोश छन् ।

आउदो चुनावमा आफ्नो प्रतिभा दर्साउन हरेक पाटीले सभाहरू ,गर्दै जनताको मन जित्न आफूले सक्दो प्रयास गर्नु सोभाविकता भएकाले शान्तिपूर्ण आन्दोलन ,सभाको मदतवाट नेपालको अस्तित्व बचाउन हिन्दु राष्ट्रको र राजतन्त्रको मांग सँग गास्ने कोसिस राप्रपाले गर्नु कुनै अन्याय पूर्ण छैन । राप्रपाले नेपालीको मांग प्रति ध्यान आकर्षण गराउन खोज्दा यो किसिमको नेपाल सरकारको हस्तक्षेप हामी विदेशमा बस्ने नेपालीलाई मान्य छैन | नेपालमा सङ्घीयता र धर्मनिरपेक्षता संविधानमा लेखिनु अनि राजतन्त्र र धर्म सम्बन्धको परिकल्पनाको इतिहास मेटाउन गरिएको यो षड्यन्त्र अपच्य भएको छ जनतालाई । नेपाल सरकारले बुझ्नु पर्ने कुरा हो कि “राजा कथित ब्याक डोर इनट्री गर्ने वाला होइनन । दुनियाँमा कहीँ पनि यस्तो भएको छैन। राजा अपदस्थ भएपछिपनि जनताकै सामु नेपाल देशमा रहेका छन् र जनताको जयजयकार आज पनि उस्तै छ । प्रचण्ड सरकार यदि तिमीमा मानवताको थोरै पनि विवेक छ भने हेर राजा ज्ञानेन्द्र शाहलाई जसले घोषणा गरेका थिए नेपाली जनताले जुन रूपमा उनलाई राख्दछन उनी त्यही रूपमा रहने छन् । नकी देशको सम्पति गुटमुटाएर तिमीहरू जस्ता भगौडा लुटेरा नेता बनेर ,क्यानडा,जापान,अमेरिका,अस्ट्रेलिया भाग्न चाहे उनी आफ्नै देशको नेपाली माटोमा आफ्नै जनताको बिचमा रहेका छन्म र मन्दिर ,गुम्बा दर्शन गर्न जान्छन त्यो बेला आजपनि उस्तै ताती हुने गर्दछ र पनि उनले हिन्दु सङ्गठन या राजनीतिक दलसंगै सम्बन्ध राखेनन ।

नेपाली जनताको जीवनमा आस्थाको अत्यधिक महत्त्व रहेको छ । यस आस्थालाई नेपालको भविष्यको आधार बनाउन सकिँदैन किन ? यो फैसला आखिरमा नेपालका जनताले नै गर्नु अब गर्न पाउनु पर्छ ।
प्रचण्ड सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु कि जसरि मधेसी मोर्चाको आफ्नो मागका एजेन्टा रहेका छन्, त्यस्तै राप्रपाले पनि राख्न खोज्यो किनकि राप्रपा नेपाल , उसको विधानबाट गणतन्त्र र हिन्दु राष्ट्र राख्ने प्रावधान थियो । यसलाई हटाएर मात्र निर्वाचनमा भागलिन पाउने मान्यता राप्रपा पाटी र आफ्नो संस्कार,धर्म,प्रति माया गर्ने नेपाली जनतालाई कदाचित स्वीकार छैन | आक्रोस बनेका जनता विरोध स्वरूप एउटा ठुलो जनसमुह निर्वाचन आयोग प्रति आवाज उठाउन, विरोध गर्न पाउनु जनताको नैसर्गिक अधिकार हो तर यो सरकारलाई मान्य भएन ।

यिनै सुरक्षा कर्मीलाई मोहरा बनाएर फेरी जनतामाथि बुढा,जवान,बालक,वृद्ध,महिला केहिपनि नसोची लाठी चार्ज , अश्रुग्यासबाट प्रयोग गरी घाइते पार्ने घिनलाग्दो बलको प्रयोग गर्ने आदेश दियो र ती घाटीमा लगाम भएका पुलिसहरु अन्धो झैँ भए | त्यस्तै आफ्नो अडानमा रहेका वृद्ध पशुपति शमशेर घाइते भए । कमल ओली अश्रुग्यासबाट बेहोश भइन । विदेशमा अरूको चाकडी गरेर आफूलाई नेपाली भन्दा गर्व लाग्ने म यस्तो प्रचण्ड सरकारको कायरता देख्दा बडो लज्यास्पद भइरहेको छ हो म खुलेरै यसको घोर भर्सना गर्छु ।

पुलिसले कारबाई गर्न जल्दी वादी गर्‍यो । । तागत देखाउने काम भयो । पुलिसले चाहेको भए भागदौड़ हुने थिएन । शान्ति पूर्ण विरोध प्रदर्शनलाई दमन गर्नु जर्मनीको नाज़ी शासकहरूको समयमा भएको अत्याचार जस्तो भयो ।

हामी जनताले सरकारको गलत कामको विरोध गर्न पाउनु पर्छ । उसको नीतिहरूको आलोचना गर्न पाउनु पर्छ । संसद्को अक्षमतामा उसको गम्भीर टिप्पणी गर्न पाउनु पर्छ । अभिव्यक्तिको स्वतन्त्रता हाम्रो मौलिक अधिकार हो । मानव अधिकारको घोषणा पत्रको माध्यमबाट अभिव्यक्तिको स्वतन्त्रतालाई अधिकारको रूपमा स्वीकार गरिएको छ । हाम्रो संविधानले सबै नागरिकलाई गरिमा पूर्ण जीवन बाच्ने अधिकार दिएको छ । नेपालको संविधानले जहाँ विधिको समक्ष समताको अधिकार प्रदान गर्दछ त्यहीँ भेदभावमा रोक लगाउँछ । अनि यहाँ भेदभाव किन ?  विरोधमा अश्रु ग्यास र लाठी चार्जको प्रयोग किन ?

संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता अधिकार र मानव अधिकार धोषणा पत्र स्वीकार गरिएको अभिव्यक्तिको स्वतन्त्रताको अधिकारमा परिलक्षित एक रूपता छ । मानव अधिकार घोषणाले पत्र प्रत्येक व्यक्तिलाई बिना हस्तक्षेप विचार राख्ने अधिकार दिन्छ । हाम्रो संविधानले सबै नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको छ ।

नागरिकको अभिप्रेत अर्थ मानव नै हो । अभिव्यक्ति व्यापक शब्द हो । यसमा बोल्ने लेख्ने मात्र होइन अरू सबै प्रकारका विचार या भावनाहरूको सञ्चार शामिल छ । अभिव्यक्तिको स्वतन्त्रताले एका तिर स्वतन्त्रता जहाँ मानव अधिकारलाई जान्ने – बुझ्ने र त्यसको रक्षाका निम्ति बोल्ने – लेख्ने अधिकार प्रदान गर्दछ , त्यहीँ सूचनाको अधिकार अधिनियम अभिव्यक्ति निम्ति आवश्यक सामग्री , सूचनाहरू र आधार प्रदान गर्दछ । वस्तुगत: यी तिनै एक अर्काका पूरक हुन । मानव अधिकारको उल्लंघन जारी छ । सरकारी अधिकारीहरूको कारण आफ्नो उद्देश्य प्राप्तिको दिशामा अहिले पनि मंथर गतिबाट चलेको छ यी कुरा थाहा हुँदा हुँदै पनि विदेशी गुलाम बनेर बसेका प्रचण्ड सरकार होसमा आऊ जनताले क्षमा दिनेछन हैन भने अब नेपाली जनताको नजरबाट तिम्रो अन्त हुने कुरा निश्चित छ अब राप्रपा र एमाले पाटीले मिलेरै जनताको इच्छा पुरा गर्ने छन् र देशलाई समृद्ध बनाउने कुरा निश्चित छ | चेतना भया :