अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५१ | Colorodo: 07:06

गैर आवासीय नेपाली (NRNA) का जन्मदाता डा.उपेन्द्र महतो द्वारा कराते खेलाडी सम्मानित

बिआरटीनेपाल २०७३ चैत ७ गते २१:११ मा प्रकाशित

दक्ष जनशक्ति, उद्यमशीलता सम्बृद्ध नेपालको आवश्यकता’ भन्ने मूल नाराका साथ एनआरएन एसिया प्रशान्त ५ अाैं क्षेत्रीय दुई दिने सम्मेलन मलेसियाकाे क्वालालम्पुर स्थित हाेटेल ग्राण्ड कन्टिनेन्टलमा सम्पन्न भएकाे थियो।

गैर आवासीय नेपाली (NRNA) एसिया प्रशान्त सम्मेलनमा प्रमुख अतिथिमा माननीय परराष्ट्रमन्त्री डाःप्रकाशशरण महत ज्यु, विशिष्ट अतिथिमा नेपाल राष्ट्र बैङ्कका गभर्नर डा:चिरिन्जिबि नेपाल ज्यु साथै अतिथिमा राजदूत डा:निरञ्जनमा सिहं बस्नेत ज्यु र एनआरएन अध्यक्ष डाः शेष घले , एनआरएन संस्थापक अध्यक्ष डा: उपेन्द्र महताे , एनआरएन संरक्षक जिवा लामिछाने ,महासचिव बद्रि केसी , अारसि किरण विक्रम थापा , मलेसिया प्रेसिडेन्ट विश्व राई लगायत विभिन्न देशका प्रेसीडेंटहरु र एनआरएन ए प्रतिनधिहरु लगायतकाे उपस्थिति रहेकाे थियाे । 

मार्च १८ बाट सुरु गरिएकाे सम्मेलनले विभिन्न विषयमा छलफल तथा निर्णय गरेकाे थियो। कार्यक्रममा एसिया भरीका १७ देशका १५० एनआरएन ए प्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे । सोही कार्यक्रममा नेपाली प्रवासी सितोरियो कराते सङ्घका दुईजना खेलाडीहरुलाई भव्य सम्मान गरिको थियो। सम्मानित हुनेमा अन्तर्राष्ट्रिय पदकधारी…कर्ण बहादुर राईले फिलिपिन्समा गोल्ड मेडल तथा मलेसियाको मेयर अन्तर्राष्ट्रिय कराते कपमा कास्य पदक, सेलनाइट एसियन कराते प्रतियोगितामा रजत पदक ल्याएर नेपालीको शिर उच्च राखेको भन्दै कर्ण बहादुर राईलाई भव्य सम्मान गरिएको थियो साथै अर्का कराते खेलाडी लक्ष्मी क्षेत्रीले पनि एसिया गोजुरियो प्यासिफिक प्रतियोगिता,,,मेयर अन्तर्राष्ट्रिय कराते कप,,,सेलनाइट एसियन कराते प्रतियोगिता,,,अन्तर्राष्ट्रिय ओकिनावा कराते प्रतियोगिता साथै मलेसियामा हुने विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय रेफ्रीको भूमिका खेली देशको नाम उच्च राखेको हुँदा लक्ष्मी क्षेत्रीलाई पनि भव्य सम्मान गरिएको थियो साथै हाम्रो प्रवासी कराते खेलाडीहरुको सही मूल्याङ्कन गरिदिनु भएको भन्दै कराते सङ्घका अध्यक्ष योगेन्द्र कोइरालाले धन्यवाद प्रकट गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू