अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 05:31

बोस्टनमा धुर्मुस -सुन्तली अभियानको लागि १३ लाख सङ्कलन

बिआरटीनेपाल २०७३ चैत ७ गते २०:५२ मा प्रकाशित

बर्दिबासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि गत मार्च १९ मा बोस्टनमा भएको “धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम “ बाट १३ लाख नेपाली रुपैयाँ सङ्कलन भएको छ l अमेरिकाको बोस्टनमा बसोबास गर्दै आएका समाज सेवी समूहले आयोजना गरेको कार्यक्रममा हिमपात हुने सम्भावना रहेता पनि हिम्मतको साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन् l र एकै बसाइमा स्व:स्फ्रुत रूपमा नेपाली समुदाय भेला भएर असल कारणको लागि आफूले सक्ने आर्थिक सहयोग गरेका छन् l 

कार्यक्रमको प्रचार प्रसार सञ्चार माध्यममा प्रकाशमा आए पछि न्यु योर्क ,भर्जिनिया ,कनेक्टिकट ,बोस्टन तथा अन्य राज्यहरुबाट समेत आर्थिक सहयोग भएको समूहका सदस्य शिव प्रकाशले बताए l असल कामको लागि बोस्टन बासीहरु पछि नहट्ने ,सदैव सहयोग र समर्थन गर्ने उत्साह लाई कायम गर्दै उदाहरण बनेका छन् l

सामाजिक सङ्घ/संस्था बिना नै सामूहिक प्रयास र हातेमालो गर्दै बोस्टन बासीले धुर्मुस -सुन्तली अभियानको लागि त्यति रकम उठाएका हुन् l सङ्घ संस्था बिना नै कार्यक्रम गर्न सकिने उदाहरण बोस्टन बासीले प्रमाणित गरेर देखाई दिएका छन् l 

कार्यक्रममा शिव प्रकाशले विशेष प्रस्तुति गर्दै अमेरिकामा बसेर पनि हामी नेपालका भ्रष्ट नेताको खराउ पूजा किन गरी रहेका छौ ? अमेरिकामा पनि खराउ पूजा ? नेतृत्व वर्ग अमेरिकाको भ्रमणमा आउँदा अमेरिकामा देखिएको र भोगिएको वास्तविकतालाई प्रस्तुत गरेका थिए l

उनले यस्ता कुरामा अल्झिनुको सट्टा समाजको असल काम गर्न तर्फ हाम्रो ध्यान जान सकोस भन्ने मूल आशय रहनुको साथै नेताको पछाडि दौडनु अनुचित हुने रहेको थियो l

मानवता र सद्भाव लागि सहकार्य राष्ट्र निर्माण तपाईँ हाम्रो अभियान भन्ने नारा रहेको कार्यक्रमलाई युवा समूहले बोस्टनबासी नेपाली समुदायलाई उत्प्रेरणा गर्दै १३ लाख सङ्कलन गर्न सफल भएका छन् l

कर्मवीर धुर्मुस -सुन्तली अभियान लाई सहयोग गरौँ भन्ने मुख्य उद्देश्य भएको हुँदा उठेको रकम एक पैसा पनि खर्च नकटाई शत प्रतिशत धुर्मुस सुन्तली फाउन्डेसनमा जाने शिव प्रकाशले बताए l 

धुर्मुस -सुन्तली अभियान सहयोग कार्यकम गर्ने समूहमा शिव प्रकाश ,सुशील पौडेल ,निर्मला शेरचन ,राधेश्याम यादव ,सुरेश वाग्ले ,मबि सिंह ,सुन्दर गुरुङ तथा जितेन्द्र श्रेष्ठ(बम्बे मार्केट ) रहेका छन् l रात्रि भोजन निःशुल्क उपलब्ध हिमालयन बिस्ट्रोले गराएको थियो भने आयोजकको तर्फबाट आर्थिक सहयोग गर्ने र सहभागी हुने सबैलाई धन्यवाद दिएका छन् l  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू