अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३९ | Colorodo: 12:54

द कलेज एम्बेसडर २०१७ को उपाधि सारम्स विक्रम शाह र सरोजा श्रेष्ठ

बिआरटीनेपाल २०७३ चैत ७ गते १०:२५ मा प्रकाशित

काठमाडौँ – ‘द कलेज एम्बेसडर २०१७’को उपाधि सारम्स विक्रम शाह र सरोजा श्रेष्ठले हासिल गरेका छन् । चानबाघ कलेजमा ११ कक्षा अध्यायनरत शाहले पुरुष तथा आर्सिवाद कलेजमा बिबिएस अध्यायनरत श्रेष्ठले महिला तर्फको उपाधि चुमेका हुन् । विजेता दुवैले उपाधिका साथमा विभिन्न अवसर पुरस्कारको रूपमा प्राप्त गरेका छन् ।

आइतबार जमलस्थित राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगितामा महिला तर्फ सागरिका श्रेष्ठ, कृष्मा सुबेदी र पुरुष तर्फ विवेक राई ,अमृत पौडेल टप थ्रि (उत्कृष्ट तीन) भित्र पर्न सफल रहे ।

ग्रिन आर्ट मिडिया आयोजक रहेको प्रतियोगिताको यो ९औ संस्करण हो । गोल्डेन गेट कलेजका सिइयो तथा क्यानका अध्यक्ष रमेश सिलवाल प्रमुख अतिथि रहेको प्रतियोगितामा नग्मा श्रेष्ठ मिस नेपाल अर्थ २०१२, निणर्य श्रेष्ठ गायक, प्रसान्त ताम्रकार कोरियोग्राफर ,सिने गुरुङ गायिका, सुमित राना मिडिया पर्सन, मञ्जु बन्जार ढकाल मिस हेरिटेज २०१६ तथा फेसन डिजाइनर निर्णायक रहेका थिए ।

कलेज अध्यायनरत युवायुवतीको प्रतिभा निर्खादै उनीहरूलाई भविष्य निर्माणमा उचित मार्ग निर्देशन गर्ने उदेश्यले कार्यक्रम आयोजना हँुदै आएको ग्रिन आर्ट मिडियाका सिइयो प्रबिन लाकौलले बताए ।

प्रतियोगितामा मिष्टर पोटोजेनिक जोन गजमेर, मिस फोटोजेनीक सारोन मधुकर्मी, मोष्ट ट्यालेन्ट निष्टा महर्जन, मोष्ट पपुलर मोष्ट फ्रेन्डी सुजा गुरुङ, मोष्ट डिसिप्लेन दिपेश लामा, बेष्ट ड्रेस शारिका श्रेष्ठ, बेष्ट पफमेन्स फिमेल समीक्षा राई, बेष्ट पफमेन्स मेल अमृत पौडेल, बेष्ट स्माइल कृष्णा श्रेष्ठ, चामिङपर्सनालिटी मेल नेहाल राना मगर, चामिङपर्सनालिटी फिमेल कृष्मा सुवेदीले हासिल गरे ।

अनिला श्रेष्ठको कोरियोग्राफी रहेको कार्यक्रममा नेपाः डान्स एकेडेमिका हिपअप ब्वाइज, रोजिन पाण्डे, गायिका सुचित्रा गुरुङ लगायतको आकर्षक संगीतिक प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया