अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 17:46

पुडासैनीलार्ई शंकर लामिछाने युबा निबन्ध पुरस्कार प्रदान

बिआरटीनेपाल २०७३ चैत ६ गते २२:४६ मा प्रकाशित

नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शङ्कर लामिछाने प्रतिष्ठानले वरिष्ठ स्रष्टा मदनमणि दीक्षितको अभिनन्दन, वरिष्ठ साहित्यकार बालकृष्ण पोखरेललाई नगद ५०,०००/- राशिसहित शङ्कर लामिछाने निबन्ध पुरस्कार र निबन्धकार दामोदर पुडासैनीलाई नगद २५,०००/- राशिसहित शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार समर्पण गरियो । 

सोही समारोहमा निबन्धकार नरेन्द्रराज पौडेलको “विमोचनको बिगबिगी” निबन्धसङ्ग्रहको पनि विमोचन गरिएको थियो । सो समारोह प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठान का उपकुलपति विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा अभिनन्दित र सम्मानित व्यक्तित्वका बारे डा. लक्ष्मण गौतमले र विमोचित कृतिको बारे डा. ज्ञानू पाण्डेले आ आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा वरिष्ठ स्रष्टाहरु मदनमणि दीक्षित, बालकृष्ण पोखरेल, डा. ताना शर्मा, निबन्धकारहरु दामोदर पुडासैनी, नरेन्द्रराज पौडेल, युवराज नयाघरे, सस्थाका प्रमुख सरक्षक रत्ना लामिछाने, अध्यक्ष राधेश्याम लेकाली, सदस्य सिन्धु गौत्तमलगायतले आआफ्नो मन्तव्य गर्नु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू