अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिड्नी, अस्ट्रेलिया प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७३ चैत ६ गते २२:३६ मा प्रकाशित

प्रेस विज्ञप्ति
२० मार्च २०१७
सिड्नी , अस्ट्रेलिया

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अस्ट्रेलियाको आयोजना र एसिटी एनआरएनए क्यनबेराको सहकार्यमा “अनेसास रिजनल,टुर- २०१७”भव्यताका साथ सम्पन्न:

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अस्ट्रेलियाको आयोजना र एसिटी एनआरएनए क्यनबेराको सहकार्यमा “अनेसास रिजनल,टुर- २०१७”भव्यताका साथ सम्पन्न भएको छ। २०१७ मार्च १८ शनिवार सम्पन्न सो कार्यक्रममा सिड्नीमा रहने थुप्रै साहित्यकारहरु र अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेका साहित्यकारहरुको बेजोड साहित्यिक प्रस्तुति सँगै ठुलो जमघट रह्यो।

सिड्नी स्थित क्याम्सिबाट क्यनबेराको यात्रा:
शनिवार बिहान करिब ८:३० बजे सिड्नीमा रहने साहित्यअनुरागिहरु सँगै सिड्नी स्थित क्याम्सिबाट तय गरिएको यात्रा क्यानबेरा नपुगुन्जेल साहित्यमय बन्यौ। बस खचाखच भरिएको थियो,सबैले हातमा रचना लिएका थिए,चौध वर्ष उमेरकी बालिका देखि ७० वर्ष सम्मका बुबा आमाको उत्साहजनक उपस्थित रहेको त्यो माहोल बेग्लै र रोचक बन्यो।अनेसास केन्द्रका उपाध्यक्ष भीमसेन सापकोटाले बसमा साहित्यिक माहोललाई थप रोचक बनाएका थिए। सापकोटाले गीतको लयमा सबै सहित्यकारहरुलाई रोचक शैलीबाट सम्बोधन गर्दै यात्रा यादगार बनाए। अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमिरेले बसमा रहने सबै साहित्यकारहरुलाई स्वागत गर्दै क्यन्बेरा टुरको बारेमा जानकारी दिइन,अध्यक्ष घिमिरेले यात्रामै ग्रहण कविता सङ्ग्रहबाट चोटिलो कविता वाचन गरेकी थिइन। सोही यात्राकै क्रममा वरिष्ठ पत्रकार ध्रुब हरि अधिकारी,साहित्यकार केदार पोखरेल,अनलाइन खबरबाट पत्रकार मनऋषि धिताल,साहित्यकार सुरेन्द्र दवाडी,आलोक कोइराला,निरज जोशी,देव पाठक,सजल नयन,प्रविन टन्डन,सीमा रोसि,अनेसास एनएसडब्लुका उपाध्यक्ष तथा गायक विकास उप्रेती अनेसास एनएसडब्लुका महासचिव महेश्वर शर्मा,अनेसास एनएसडब्लुका सचिव दीपक निरौला,कोषाध्यक्ष ममता तिवारी,इन्द्र आचार्य तथा थुप्रै साहित्यअनुरागिहरुले रचना वाचन गरेका थिए। सोही यात्राकै क्रममा मादलको धुनमा गायक विकास उप्रेतीले गितगाएका थिए। 

हिउजेज कम्युनिटी हल हियुजेज क्यनबेरामा सबै साहित्यकारहरु सहित रचना वाचन:
सोही दिन क्यानबेरा पुगेको बस बाट ओर्लिएपछि सोही समूह र क्यानबेराका साहित्यानुरागीहरु बिच संयुक्त रूपमा हिउजेज कम्युनिटी हल हियुजेज क्यनबेरामा एक दिने वृहत् रचना वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।सो रचनावाचन कार्यक्रममा अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमिरेको सभापतित्व रहेको थियो भने कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत राजेन्द्र पान्डे प्रमुख अतिथि हुनुहुन्थ्यो। विशेष अतिथि ध्रुव हरि अधिकारीले आफ्नो रचना वाचन गर्दै यस्ता साहित्यिक कार्यक्रमले नेपालीभाषालाई मलजल गर्न मद्दत पुग्ने बताउनुभयो।कुईवि क्यानबेरा एसिटीका संयोजक युवराज खनियाको स्वागत मन्तव्य पछि रचना वाचन सुरु भएको थियो। सो कार्यक्रममा साहित्यकार केदार पोखरेल,वरिष्ठ पत्रकार ध्रुब हरि अधिकारी,साहित्यकार केदार पोखरेल,अनलाइन खबरबाट पत्रकार मनऋषि धिताल,साहित्यकार सुरेन्द्र दवाडी,आलोक कोइराला,निरज जोशी,देव पाठक,सजल नयन,प्रविन टन्डन,सीमा रोसि,अनेसास एनएसडब्लुका उपाध्यक्ष तथा गायक विकास उप्रेती अनेसास एनएसडब्लुका महासचिव महेश्वर शर्मा,अनेसास एनएसडब्लुका सचिव दीपक निरौला,कोषाध्यक्ष ममता तिवारी,इन्द्र आचार्य ,राम चन्द्र अधिकारी (वनवासी),दक्ष राज शर्मा,यज्ञमुर्ति अधिकारी, ओमराज अधिकारी,खगेन्द्र प्रसाद रेग्मी,सिद्धि विनायक,सिर्जना थापा,महेश वशिष्ठ,शकुन्तला देवकोटा लो आ- आफ्नो रचना वाचन गरेका थिए।सोही दिन क्यानबेरामै अनेसास क्यानबेरा च्याप्टर बिस्तारको निम्ति सिद्धि विनायक अधिकारीलाई संयोजक चुनियो।क्यानबेराका नेपाली समुदाय का अगुवा कृष्ण हमाल सहित अन्य महानुभाब हरुको कार्यक्रम मा सहभागिता रहेको थियो ।

विश्व शान्ति परिषदका शान्ति दुत भीमसेन सापकोटा (आचार्य राजन शर्मा)अभिनन्दित:
सोही कार्यक्रममा विश्व शान्ति परिषदका शान्ति दुत भीमसेन सापकोटा (आचार्य राजन शर्मा) लाई अभिनन्दन गरियो। अन्तर्राष्ट्रिय गैर सरकारी संस्था विश्व शान्ति परिषदको शान्ति दुतमा नियुक्त हुनुभएकोमा बधाई दिँदै सम्मान गरिएको हो। उहाँलाई अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमिरे र प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत राजेन्द्र पान्डेले संयुक्त रूपमा सम्मान पत्र र खादा लगाई सम्मान गर्नुभयो। सम्मान पश्चात् भीमसेन सापकोटाले सम्बोधन गर्दै यो सम्मान सबै नेपालीकै रहेको बताउनुभयो उहाँले आफ्नो रचना समेत वाचन गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत राजेन्द्र पान्डेले सो कार्यक्रममा सम्बोधन गर्दै नेपाल र अस्ट्रेलियाको दुरी अब नेपाली साहित्यले घटाउन सक्ने बताउनुभयो।यस्ता साहित्यिक टुरले नेपाली भाषा र साहित्यलाई विश्वभर फैलाउन मद्दत पुग्ने पनि बताउनुभयो।अनेसास एनएसडब्लु र एसिटीको यो प्रयासलाई सर्हानिय गर्दछु भन्नुभयो। साथै उहाँले अनेसास प्रति सदैव सहयोग रहिरहने पनि बताउनु भयो ।

सो कार्यक्रमकी सभापति तथा अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमिरेले सबै साहित्यकारहरु,संस्थाका सबै पदाधिकारीहरू,स्पोन्सर दाता,कुईनबि क्यानबेरा एनआरएनए एसिटीका संयोजक युवराज खनिया प्रति विशेष आभार प्रकट गर्दै धन्यवाद दिएकी थिइन। साथै अध्यक्ष घिमिरेले आफ्नो रचना समेत वाचन गरेकी थिइन। सो कार्यक्रमको सञ्चालन अनेसास एनएसडब्लुका महासचिव महेश्वर शर्माले गरेका थिए। कार्यक्रम सकिए लगत्तै पुन बसको सिड्नी यात्रा विभिन्न् रचना तथा सङ्गीत ले अत्यन्तै सम्झन योग्य रहेको कुरा सहभागीहरुले बताए ।

महेश्वर शर्मा
महासचिव
अनेसास , सिड्नी , अस्ट्रेलिया

प्रतिक्रिया