अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 12:41

‘अमृताज म्युजिकल नाइट’मा गायीका अमृता लिम्बुको ‘अमृता’ भिडियो सहित सार्वजनिक

बिआरटीनेपाल २०७३ चैत ५ गते ५:३९ मा प्रकाशित

गायिका अमृता साम्बाहम्फे लिम्बुले गाएका आधुनिक गीतहरुको नया“ एल्बम ‘अमृता’ हङकङमा आयोजित एक सांगीतक समारोहमा लोकार्पण गरिएको छ । हङकङस्थित याक एण्ड यति होटलमा सम्पन्न गायिका लिम्बुको एकल गायन कार्यक्रम ‘अमृताज म्युजिकल नाइट’ को अवसर पारेर उक्त एल्बम विमोचन गरिएको हो ।

आधा दशकभन्दा बढि अवधिदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेकी गायिका लिम्बुले ‘अमृता’ एल्बमममा आठ वटा गीतहरु समावेश गरेकी छिन् । पा“चथरमा जन्मिएकी यी गायिकाले आफ्नो यो एल्बममा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, शिखर सन्तोष, हरी लम्साल, बिनोद खम्बु, सुमन राई, ईन्द्र गुरुङ आदि स्थापित संगीतकारद्वारा संगीतवद्ध गीतहरु गाएकी छिन् । एल्बमका ती गीतहरु जानु काम्बाङ लिङ्देन, मुकेश राई, विर्शिका राई, सीता शेरचन, स्वप्लिन लिम्बुले रचना गरेका छन् ।

 

एल्बमका दुई गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । एल्बमको अर्जुन पोखरेलद्वारा संगीतबद्ध पहिलो गीत ‘म त नुमाफुङ पो त…’ को म्युजिक भिडियोमा गायिका लिम्बु आफैंले अभिनय गरेकी छिन् । युगल पोमो लिम्बुद्वारा निर्देशित जानु काम्बाङ लिङ्देनद्वारा रचित उक्त गीतको भिडियोमा गायिका लिम्बुलाई अभिनेता निराजन प्रधानले अभिनयमा साथ दिएका छन् । सुमन राईद्वारा संगीतबद्ध दोस्रो गीत ‘का“डा जस्तै बिझिसक्यो..’ को भिडियोलाई भने जिबि लामाले निर्देश्ँन गरेका हुन् जसमा रोहनी लामा तथा अनिश मगरको अभिनय छ । यो गीतका रचनाकार विर्शिका राई हुन् ।

 

विगत पा“च वर्षदेखि काठमाडौंमा रहेर संगीतको प्रशिक्षण समेत लिइरहेकी गायिका लिम्बुले हालसम्म करिव तीन दर्जन गीतहरु रेकर्ड गरिसकेकी छिन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रोमियो’ सहित झन्डै एक दर्जन चलचित्रमा पाश्र्व गायन गरिसकेकी गायिका लिम्बुले नेपालका अधिकांश महोत्सवहरुमा आफ्नो गायनकला प्रस्तुत गरिसकेकी छिन् । सांगीतिक कार्यक्रमको क्रममा कतार तथा हङकङ पुगिसकेकी गायिका लिम्बु सन् २०१४ मा सम्पन्न मिस मंगोलकी प्रतिस्पर्धी समेत हुन् । उक्त प्रतियोगिताको उत्कृष्ट १० सम्म पुग्न सफल लिम्बुले उक्त प्रतियोगितामा बेस्ट स्माइलको अवार्ड समेत जितेकी थिइन् । गायिका लिम्बुले यसअघि गाएको ‘झुम्के माया…’ शीर्षकको गीत यूट्युबमा लोकप्रिय भैरहेको छ ।

 

यस्तो छन् दुई गीतका म्युजिक भिडियो:

प्रतिक्रिया