अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४८ | Colorodo: 16:03

चुनाव ! – सर्बज्ञ वाग्ले

बिआरटीनेपाल २०७३ चैत ४ गते १३:१७ मा प्रकाशित

चुनाव भन्नाले सही व्यक्ति चुन्न टन्न कार्यकर्ता फन्न घुम्दै छान्न भोट हाल्ने गतिविधि भित्रको प्रवृत्ति हो । जुन जुन नेता भए पनि कुन कुन टिम भन्ने होइन सही व्यक्ति चुन्न सफल हुनै पर्छ पुन: पछुताउने होइन हजुर । चुनाबाँ सही व्यक्ति चुन्न पछुता अछुतो हुनु भन्दा अक्कला वीर्को खोली सक्कली समाजसेवी चुनौ तानाबाना चाही नवुनौ !

चुनाबाँ फुच्चे नेता चुच्चे जुँगा ताउ लाउँदै बाउ बज्या जुगको इतिहाँस पल्टाउँदै पैसा र डलरा डर धम्कीले कर लगाएरै पनि भोटको पक्का बनाउन कच्चा खेल नखेल्ने पक्का नेताले चट्ट चुनाबाँ फट्ट चुनिनु अगाडि सट्ट आउनु र लट्ठ धाउनु कौनसा ठुलो कुरा हो र ?

बाक्साँ भोट नखस्दा सम्म नोटको बिटा देखि ईट्टा सम्म मिलाउँदै साम, दाम, दण्ड, भेद, पद र पावरको रस्सीले नकस्सिए सम्म नेताज्यूको लाम खाम बन्दीको तमाम खेलले चुवावी मेलालाई फेला पारेरै भए पनि रेला ख्वाइ देला है हजुर ।
चुनाबाँ चुनिनु नेताजीको उत्कृष्ट महत्वाकांक्षाले जुँगे लडाइँलाई जुग जुग सम्म जीउँदै जाग्ने गरी जुँगा रँगाइ दिन नेताहरूको नतमस्तक कार्यकर्ता फन्काईदिन चुरी फुरी पुरी बनाएर प्रसाद लगाउन, मन्दिराँ चढाउने भेटी जसरी सेल रोटी पकाइन्छ, सक्नेलाई फकाइन्छ नसक्नेलाई उसकै नाममा बिना पैसा ठाम्मा माहोल तताईन्छ अर्कैबाट भोट खसाइन्छ सेलरोटी जस्तै गरी फनक्क घुमाईन्छ, तात्तातै सकाईन्छ ।

भोट त भोटै हो नि हजुर त्यो पनि चुनाउको निर्वासना निर्वाचन होस कि चुनावको चुनाइ चाहे अदालतको सुनुवाइ जसरी पनि जित्नै पर्छ भन्ने कुराले हितनै गर्छ भन्ने त छैन ? दमडिको दमै किन नहोस चाहे डलरको डोनाल ट्रम चाहे भोटको नेता चाहे चुनावी फुच्चे नेता टिममा परेपछी सबैको हुँकार माइकको भाषण भोटर्सको आस्वासन, मैदानको लडाइँ, ठूलावडाको बढाइँ, मन्त्रीको झन्डा, गुण्डाको डण्डा सबै साम, दाम, दण्ड भेदको अंशवण्डा पार्टी भित्रका सम्पत्ति साठी ठाममा आपत्ति विपत्ति निम्त्याउने निमन्त्रणा नवनुन भन्ने जनता जनार्दनको जन आवाज चुनाव चुनिनु पर्छ भन्ने पक्कै होला हैन त हजुर ?

चुनाव भनेको चुनावै हो । चाहे त्यो एनआरएनएको नै किन नहोस चाहे सङ्घ संस्था र दलैको बलैमा किन होस छलै प्रयोग गर्ने चलखेलै भयो भने कसको के लाग्यो ? चुनाव प्रयोग हुने दलको दल, बल र ग्रुप भित्र द्रुतन्तर किसिमले मिसिए पछि चुनावको रन्काँ सात फन्का घुमाएन भने मलाई भन्नु होला । नेपालका नेताहरूको सवारी फोनको तयारी चुनावको मौकाँ चौका हान्न तिहाराँ जुवाडेले घुँडा धसेर कौडा कसेर छाडदा झैँ प्लेन छुटेका राजनीतिले सबैको गतिविधिलाई यतिविधी हेरेको छकी छर्लंगै राजनीतिका छलांग मार्नलाई पलङ चढनु पर्दैन ।

चुनावले निर्वासनाँ निर्वाचन भएन भने नेपाल कसरी देख्ने नेपाली भनेर कसरी नलेख्ने आफ्नो पन कसरी नवोक्ने भन्ने झोक भित्रको भोक जाग्ला ? नेपालका महामहिमले ल्याउनु भएको आदर्श बलले बलेकै नीति नियम भित्र सिद्धान्तले समाज कसरी सिद्धाउला तनी ? राजनीतिक त आदर्श भित्रको पराकाष्ठ भित्र केलाउने एेतिहासिक कोशेली मानेर यहाँ समाहित गर्ने पर्ने भएको रे नि ! चुनाबाँ सबैको मायाँले चुनिने आशा अंकुर बनेर अंगुर जस्तै रसिलो बनोस भन्ने हाम्रो प्रेरणा चुनाबै हैन त हजुर ? तर अदालत र कोट फैसला यसपालि चाँही नपर्लाकी, नपर्ला भन्ने हौसला पो भयो त हजुर हैन र ? तर सबैको चाहना सबै मिलुन भन्ने वाहना चुनावै हो हजुर ।

आफ्नो त हाम्रो हैन हजुर राम्रो हुनु पर्छ भन्ने कामनाका साथ शुभकामना । जे जे पर्ला हजुर सबैले जितुन भन्ने विजयी भवको अग्रिम भावना । नेपालीले नेपालीलाई सम्पन्न बनाउनु पर्छ भन्ने मात्रै हो र उकास्नलाई कम्मर कस्नु पर्छ भन्ने अहो भावना, लु है शुभकामना । लौ न हजुर सबै जुटौ यहाँ धेरै ठाउँ छ एउटैले ओगटनु हुन्न भन्ने मनासीप धारणा । समाज सेबै त होनी के को लडाइँ भन्ने बनाऊ चुनावको अग्रिम अमृत मय भगवानसँग वरदानको कामना । नेपाली समाजको सम्पन्नता र समानता धारणा भित्रको भावना राम्रो संस्कारको थालनी गरौँ हाम्रो हैन भन्ने सफल सफरको कामना । चुनावमा सबैलाई चुनौ चुन्न नसक्नेलाई पनि समाहित गरौँ भन्ने अग्र भावना जय चुनाव र जय जनता जनार्दनको अग्रिम सम्भावा । चुनावी मैदान चुन्ने कसरत सही वनोस मानवताको धारणा नकि पैसा पेच अर्का देश चेक भित्रको चुनाव रूपी मुट्ठी भित्र सैयौ र हजारौँ मानवता एउटैले हाँक्छु भन्ने अशुभ रूपी अपसंस्कृतीको छाडौ अव धारणा……!

प्रतिक्रिया