अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४४ | Colorodo: 14:59

साउदी अरबमा मृत्यु भएका नेपालीको रकम खाएका पूर्वराजदूत अन्सारीलाई जेल सजाएँ

बिआरटीनेपाल २०७३ चैत ४ गते १०:०२ मा प्रकाशित

बैदेशिक रोजगारका शिलशिलामा साउदी अरब पुगेका कामदारको मृत्यु पश्चात मृतकका आफन्तले पाउने राहत रकम खाएको अभियोगमा साउदी अरबका लागि तत्कालीन राजदुत हमिद अन्सारीलाई हमिद अन्सारीलाई सात महिना जेल सजाएँ र ३ लाख ९६ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

२०६४ देखि २०६७ माघसम्म गरी ३ वर्ष राजदूत भएका अन्सारीले साउदी अरबमा कामको सिलसिलामा मृत्यु भएका एक कामदारको क्षतिपूर्ति बापत आउने २० हजार रियाल अल रजही बैंकबाट निकालेको तर पिडित सम्म नपुगेपछि आवश्यक छानविन भै बिषेश अदालतले उनलाई सजाएँ सुनाएको हो ।

अन्सारीले कामको शिलशिलामा रहेका एक नेपालीको मृत्यु पछि उनका आफन्तले पाउनु पर्ने रकम नबुझाई आफैंले राखेका थिए । उनका सहयोगी अहमद बकहित मुसाले हमिदको निर्देशनमा रकम निकालेर उनलाई नै बुझाएको बताएपछि ‘त्यो रकम कहाँ गयो भनेर खोजी हुँदा दूतावासमा नरहेको पुष्टि भएपछि अन्सारीले नै पैसा नदिएको खुलासा भएको हो ।

दूतावासका लेखा सहचारी उमेश मुडवरीको बयान उद्धृत गर्दै फैसलामा भनिएको छ । अल रजही बैंकबाट निकालेको उक्त ३ लाख ९६ हजार रुपैयाँ भ्रष्टाचार भएको ठहर विशेष अदालतले गरेको हो ।

मृत्यु भएका ति कामदारका आफन्तले पहिलो किस्तामा २७ हजार र दोस्रो किस्तामा २० हजार रियल पाउनुपर्ने थियो । मृतकका आफन्तले पहिलो किस्ताको रकम पाएपनि दोस्रो किस्ताको रकम भने राजदुत अन्सारीले पिडित पक्षलाई दिएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू