अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४८ | Colorodo: 04:03

‘बाबुकान्छा’को गीतबाट गायनमा डेब्यू गरे नायक सलोन बस्नेतले

बिआरटीनेपाल २०७३ चैत ४ गते ९:२६ मा प्रकाशित

अहिले चर्चामा रहेका नयाँ पुस्ताका हिरो सलोन बस्नेत अब गायक बनेका छन । बाल्यकालदेखि नै अभिनयमा निखारिएका उनी अब गायकको रुपमा पनि दर्शक स्रोतामाझ चिनिनेछन् । उनले हालै होम प्रोडक्सनको नयाँ चलचित्र बाबुकान्छाका लागि गीत गाए । बुवा शोभित बस्नेतले निर्माण निर्देशन गर्न लागेको नयाँ चलचित्र बाबुकान्छाका लागि उनले चन्द्रमाझै राम्री छौ बोलको गीत हालै रेकर्ड गराए । गीतमा उनलाई अहिलेका ब्यस्त गायिका मेलिना राईले साथ दिएकी छिन ।

गीत यसअघि शोभितकै चलचित्र कर्णवीरमा समावेश पुरानो गीतको रिमिक्स भर्सन हो । गायक तथा संगीतकार ओम सुनारले गीतलाई रिमिक्स गरेका हुन । गीतको ओरिजिलन भर्सनमा स्वर सँगीत लक्ष्मण शेषको रहेको थियो । सुपरहिट भएको फिल्म कर्णवीरको सफलतालाई पुनर्ताजगी गराउन गीतलाई रिमिक्स गरिएको निर्देशक शोभित बस्नेतले बताए । त्यस्तै गीत गाउदा फरक अनुभव भएको सलोनको भनाई छ । केहि नयाँ गर्ने चाहना भएको र सबैको प्रेरणाले फिल्मको गीत गाएको उनले बताए ।

शोभित केहि समयको ग्यापपछि निर्देशनमा आएका हुन । उनको होम प्रोडक्सनको बाबुकान्छा छिट्टै छयांकनमा जाने तयारी छ ।

प्रतिक्रिया