अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:११ | Colorodo: 01:26

एनआरएनए अमेरिकाको सदस्यता बितरण म्याद ४ दिन बढाईयो 

बिआरटीनेपाल २०७३ चैत ३ गते ९:३९ मा प्रकाशित
गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रीय समन्वय परिषद अमेरिकाले सदस्यता बितरण म्याद थप गरेको छ । वुधवार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले मार्च १५ तारिक सम्म तोकीएको सदस्यता म्याद ४ दिन थप गरि मार्च १९ सम्म नयाँ सदस्य बन्न पाउने निर्णय गरेको हो ।

गैर आवाशीय राष्ट्रीय नेपाली संघ राष्टीय समन्वय परिषद अमेरिकाले एनआरएनएको सदस्यता लीईसक्नु पर्ने अन्तिम म्याद भएता पनि ओएवसाईटमा प्राविधिक समस्याका कारण सदस्यता वितरणमा वाधा अड़चन आउँदा विभिन्न तह र तप्काका साथै विभिन्न स्टेटवाट म्याद थपीपाउँ भन्ने आग्रहलाई ध्यानमा राखी सदस्यता वितरण तथा नवीकरण विधानत यही मार्च १९ तारिख आईतवार प्यासिफिक समय अनुसार रातीको ११।५९ मीनेट सम्म थप गर्ने निर्णय गरेको हो ।

यस सम्बन्धमा राखएको उक्त वैठकमा एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक सोनाम लामा द्वारा सदस्यता लिने तथा नविकरण गर्ने म्याद वढाउनका लागि निर्देशन सहित पठाईएको पत्र पढेर महा सचिव तिलक श्रेष्ठले सुनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू