अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२३ | Colorodo: 20:38

मधेशी मोर्चा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा छन् – शेरधन राई

बिआरटीनेपाल २०७३ चैत ३ गते ७:४९ मा प्रकाशित

नेकपा एमालेका नेता तथा पूर्व सञ्चार मन्त्री शेरधन राइले मधेशी मोर्चा संविधान कुनै पनि हालतमा कार्यान्वन गर्न नदिने षड्यन्त्रमा लागिपरेको आरोप लगाउनुभएको छ । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै एमाले नेता राईले पटक पटक वार्तामा बोलाउँदा पनि आन्तरिक विवाद मिलाउन नसक्ने मोर्चाले कुनै पनि हालतमा संविधान संशोधन गर्न नचाहेको र विभिन्न बहानाबाजी बनाएर संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा लागिपरेको बताउनुभयो ।

नेता राईले मधेशी मोर्चाको नियतमै खोट भएको बताउँदै मोर्चालाई तीन पटक लिखित रुपमा पत्र नै थमाएर वार्तामा बस्न आह्रवान गर्दा पनि वार्तामा बस्न नचाहेको बताउनुभयो । मोर्चाको नियतमै खोट भएकाले मधेशी मोर्चा देशलाई कसरी अराजक, द्धन्द्धमा राखिराख्न सकिन्छ भनेर विभिन्न बहानाबाजी गरिरहेको उहाँले बताउनुभयो ।

वर्तमान संविधान संशोधनलाई जस्ताको तस्तै पारित गरे पनि मोर्चाले कुनै न कुनै बहाना बनाएर वर्तमान संविधान कार्यान्वयन गर्न नदिने उहाँले स्पष्ट पार्नुभयो ।

मधेशी नेताहरुको दोहोरो चरित्रले समस्या उत्पन्न गरेको बताउँदै भन्नुभयो, मोर्चा नेताहरु मौका परे संविधानसभा आउने भक्ता खाने र सरकारमा जाने, मौका नपर्दा संविधान नमान्ने भनेर विरोधमा हिड्ने दोहोरो चरित्रको अत्य गर्नुपर्छ । मोर्चाले एउटै स्वरमा वार्तामा बस्न चाहेमा राष्ट्रिय एकता र सदभावमा आँच नआउने गरी संविधान संशोधन गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।

निर्वाचनका सवालमा अहिले अनेकौ खालका गतिविधि भइरहेको बताउँदै नेता राईले निर्वाचन तोकिएको मितिमा सम्भव रहेको र गर्नुपर्ने बताउनुभयो । मधेशी जनता निर्वाचनको पक्षमा भएको बताउँदै केहि मधेशी नेताले नचाहाँदैमा निर्वाचन नरोकिने बताउनुभयो ।

सरकार ससाना कुरामा अल्झेर संविधान कार्यान्वयनमा ईमानदार नभएको उहाँले बताउनुभयो ।वर्तमान सरकाले प्रमुख विपक्षी एमालेलाई वाईपास गरेर राप्रपाजस्ता ससाना पार्टीलाई सरकारमा सामेल गराएर तालमेल गर्नुको उद्देश्य सक्ता केहि दिन र महिना दिन भएपनि टिकाउने खेल मात्र गरेको दावी गर्नुभयो ।

सरकार साँच्चिकै संविधान कार्यान्वयनमा ईमानदार भए प्रतिपक्षी दलसँग सहकार्य गर्नुपर्नेमा त्यो नभएको उहाँँले बताउनुभयो । सरकारले जतिसुकै तानतुन गरेपनि सरकार केहि दिन केहि महिनामात्र टिक्नेसमेत बताउनुभयो । परिस्थितिलाई सही ट्रयांकमा ल्याउन सरकारले बाटो छोड्नुपर्छ, उहाँले भन्नुभयो ।

संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा जस्ताको तस्तै पारित हुन नसक्ने बताउँदै एमालेले संविधान संशोधन पारित गर्न नदिने उल्लेख गर्नुभयो । वर्तमान सरकारले परिवर्तनका उपलब्धी तुहाउनेतर्फ लागिपरेको आरोपसमेत लगाउनुभयो ।

काग्रेस र माआवादीबीचको सहमतीअनुरुप प्रधानमन्त्रीको आयू एक महिनामात्र बाँकि रहेको अवस्थामा विगतमा सरकार गठनपूर्व सरकारले ब्यक्त गरेका प्रतिबद्धताअनुसार सरकारले काम नगरेको र संविधान कार्यान्वयनमा ईमानदारीता नदेखाएको बताउनुभयो ।

उहाँले वर्तमान सरकार नैतिकताको आधारमा असक्षम रहेको बताउँदै निर्वाचन समयमा गर्ने, संविधान कार्यान्वयनतर्फ सरकारको ध्यान जान नसकेको र सरकारका आयू मात्र लम्ब्याउने खेलमा लागेको बताउनुभयो ।

एमालेको सामाजिक एकता तथा राष्ट्रियताको जगमा उभिएर अविचालीत रुपमा एमाले एकठिक्का हुँदै आएको बताउनुभयो । एमालेले संविधान कार्यान्वयनको लागि चार महिना अभियान सम्पन्न गरेको छ, उहाँले भन्नुभयो, एमालेले गत २१ फागुनबाट सूरु गरेको मेची महाकाली अभियान आज सम्पन्न भएको र त्यो अभियान पूर्ण रुपमा सफल भएको बताउनुभयो । सप्तरी घटनामा एमाले दोषि नभएको बताउँदै सप्तरी घटनामा मधेशी मोर्चा प्रत्यक्ष दोषी भएको बताउँदै सुरक्षाकर्मीमाथि पेटोलियम बम प्रहार गर्ने कार्य हुँदा प्रतिकारमा दुखद घटना हुन पुगेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू