अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 11:35

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरी अर्को झटका- संशोधित यात्रा प्रतिबन्धमा अदालतद्वारा रोक

बिआरटीनेपाल २०७३ चैत २ गते १९:०३ मा प्रकाशित

छ मुस्लिम बाहुल देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकारी आदेशलाई हवाई राज्यका एक सङ्घीय न्यायाधीशले रोक लगाएका छन्।

राष्ट्रपति ट्रम्पको प्रतिबन्ध सम्बन्धी कार्यकारी आदेश आज राती १२:०१ बजे देखी लागू हुँदै थियो।

राष्ट्रपति ट्रम्पले लिविया, सिरिया, सुडान, यमन, ईरान र सोमालियाका मुस्लिम वाहुल देशहरूका नागरिकहरूलाई अमेरिका प्रवेशमा ९० दिनको प्रतिबन्ध लगाउन आफ्नो संसोधित कार्यकारी आदेश जारी गर्दै थिए। तर हवाईको सङ्घीय न्यायाधीशको फैसलाले उनलाई एक पटक पुन झटका लागेको छ। राष्ट्रपति ट्रम्पको आदेशमा सबै शरणार्थीहरू का लागी पनि १२० दिनको प्रतिबन्ध लगाउने थियो।

यस अघि जनवरीमा राष्ट्रपति ट्रम्पले यसै उदेश्यका लागी कार्यकारी आदेश जारी गरेका थिए जसलाई सियटलका सङ्घीय न्यायाधीशले रोक लगाएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू