अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:११ | Colorodo: 07:26

जन सम्पर्क समिति बेल्जियमको अध्यक्षमा सीता सापकोटा निर्वाचित

बिआरटीनेपाल २०७३ चैत २ गते १२:११ मा प्रकाशित

बेल्जियम । जन सम्पर्क समिति बेल्जियमको चौथो अधिवेशन अन्तर्गत गत आइतबारका दिन सम्पन्न भएको निर्वाचनमा अध्यक्ष पदमा सिता सापकोटा निर्वाचित भएकी छन् ।

मार्च पाचमा भएको चौथो अधिवेशनमा कार्यसमिति चयनमा सहमति हुन नसकेपछि एक हप्ता पछिको निर्वाचन कार्यतालिका अनुसार निर्वाचन भएको थियो । अध्यक्ष पदकालागि तिन जनाले उम्मेदवारी दिएका थिए, जसमा अनुजा प्रधान, माधव सापकोटा र सिता सापकोटा रहेका थिए । आइतबार भएको मतदानमा एक हजार एकहत्तर मत खसेको थियो । सिता सापकोटाले पाच सय चौसठ्ठी मत ल्याएकी थिइन् भने विपक्षीमा रहेका माधव सापकोटाले चार सय उन्नासी मत ल्याएका थिए । अनुजा प्रधानले एक दिन अगाडी आफ्नो नाम फेसबुक मार्फत सार्वजनिक गरेर झिकेको बताएकी थिइन् । 

वरिष्ठ उपाध्यक्षमा देबेन्द्र पौडेल देवु, उपाध्यक्ष कमल सिटौला, उपाध्यक्ष नरहरी सापकोटा, महामन्त्री दिनेश भण्डारी, सुवास गुरुङ, कोषाध्यक्ष विराट जोशी, तथा सदस्यहरू गीता पुडासैनी, सुवर्ण अधिकारी, रेना बस्नेत, जगदिश सापकोटा, र जुमकाजी गुरुङ विजयी भएका छन् ।

सर्वसम्मत भएकामा वरिष्ठ महिला उपाध्यक्ष दिलमाया शर्मा पौडेल, सह–महामन्त्री धर्म पाठक, सदस्य पदमा क्षत्रिय सदस्यहरू सर्व सम्मत भएका छन् । ब्रसेल्स्बाट केशव सापकोटा, पार्वता शर्मा, राजु थापा, आन्तोरपेनमा विजय मल्ल, उल्लका घिमिरे, राधा प्रधान, जोगमान तामाङ्ग, दामन तामाङ, वेष्टभलान्दरनबाट राजेन्द्र शर्मा, पूर्ण तिमल्सिना, र रविन पण्डित सर्व सम्मतमा चयन भएका हुन् । 

बेल्जियमको चार शहरहरु मध्ये ब्रसेल्स्, आन्तोरपेन, ब्रुज र लुभेनमा चार छुट्टाछुट्टै केन्द्रमा मतदान भएको थियो । तर लुभेनको हकमा भने सहमति हुन नसक्दा दुवै प्यानलबाट जम्मा पाच सदस्य पदका लागि नौ जना चुनावी मैदानमा उत्रिएका हुन् । पाच मध्ये तीन जना महिला र दुई जना पुरुष विजयी भएका छन् । यसपटकको कार्यसमिति महिला धेरै छानिएका छन् ।

सस्थापक अध्यक्ष ध्रुर्वराज पौडेल, पूर्व अध्यक्ष तथा निर्वाचन आयुक्त इन्द्र क्षेत्री पकवान, पूर्व अध्यक्ष तथा एनआरएन अध्यक्ष गंगाधर गौतम, निवर्तमान अधयक्ष सन्तोष जोशी (सुवास), निर्वाचन उप-संयोजक नन्दराज घले, निर्वाचन सचिव तथा पूर्व सल्लाहकार झलक केसी, सहितको टोलीले सबैलाई समेटेर सौहार्दपुर्ण वातावरणमा निर्वाचन सम्पन्न गराएको सबै काँग्रेस जनको भनाइ पाइएको छ । विजयी उम्मेदवार हरुलाई नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि सुरेन्द्र पाण्डेको प्रमुख उपस्थितिमा प्रमाण वितरण समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू