अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१७ | Colorodo: 17:32

आम–उपभोक्ताको मानव अधिकारको संरक्षण र सम्मान गर्न आयोगको आग्रह (विज्ञप्ती)

बिआरटीनेपाल २०७३ चैत २ गते १०:१८ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले आम–उपभोक्ताको मानव अधिकारको संरक्षण र सम्मान गर्न आग्रह गरेको छ । उपभोक्ताका मानव अधिकारको प्रभावकारी संरक्षण र कार्यान्वयन गर्ने सवालमा आयोगले आफ्नो रणनीतिक योजना र बार्षिक कार्य योजनामा समाविष्ट गरी उपभोक्ता अधिकारको अनुगमन र यस सम्वन्धमा परेका उजुरीहरु उपर निरन्तर अनुगमन र अनुसन्धान गर्दै आएको आयोगले उपभोक्ता अधिकार सम्वन्धी अन्तर्राष्ट्रिय दिवस मार्च, १५ को सन्दर्भमा बुधवार प्रेश बिज्ञप्ती जारी गर्दै आम–उपभोक्ताको मानव अधिकारको संरक्षण र सम्मान गर्न आग्रह गरेको हो ।

 

यस्तो छ आयोगद्वारा जारी विज्ञप्ती

प्रेस विज्ञप्ति
(आम सञ्चारका माध्यममा तत्काल उपयोगका लागि)
२०७३ चैत्र २ गते
आम–उपभोक्ताको मानव अधिकारको संरक्षण र सम्मान गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले उपभोक्ताको मानव अधिकारको संरक्षणका लागि अनुगमन तथा अनुसन्धान गरी जिम्मेवार निकाय र पक्षहरुलाई दायित्व वोध तथा सचेतीकरण गराउने कार्य हुँदै आएको छ । अनुगमनको क्रममा आम–उपभोक्ताका अधिकारहरुको प्रभावकारी संरक्षण र कार्यान्वयन हुन नसकिरहेको पाइएको हुँदा उपभोक्ता अधिकार सम्वन्धी अन्तर्राष्ट्रिय दिवस मार्च, १५ को सन्दर्भमा आम उपभोक्ताका अधिकारहरुको संरक्षण सुनिश्चितताको लागि अग्रसर भई कार्य गर्न आयोग सम्बद्व सबैलाई आग्रह गर्दछु ।

उपभोक्ताका मानव अधिकारको प्रभावकारी संरक्षण र कार्यान्वयन गर्ने सवालमा आयोगले आफ्नो रणनीतिक योजना र बार्षिक कार्य योजनामा समाविष्ट गरी उपभोक्ता अधिकारको अनुगमन र यस सम्वन्धमा परेका उजुरीहरु उपर निरन्तर अनुगमन र अनुसन्धान गर्दै आएको छ ।

आयोगद्वारा भएका अनुगमनहरुबाट खाद्य लगायत विभिन्न  वस्तुहरुको गुणस्तरहीन, जथाभावी मुल्य, मिसावट, सिण्डिकेट र कालाबजारीलाई नियन्त्रण गर्न नसकेको,कानूनी दायरा भित्र ल्याउन नसकेको,सार्वजनिक सेवाको गुणस्तर,भ्रमात्मक विज्ञापनलाई नियन्त्रण तथा नियमन गर्न सक्ने कानूनहरु विद्यमान हुँदा हुँदै पनि सम्बन्धित निकायले प्रभावकारी रुपमा अनुगमन र नियमन गर्न सकेको नपाइएको, देशको दुर्गम स्थानमा रहेका सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर कायम गर्न र निजी तवरबाट सञ्चालित विद्यालयहरुले उपलव्ध गराउनु पर्ने छात्रवृत्ती लगायतका विषयहरु प्रभावकारी कार्यान्वयन गराउन नसकेको, आम उपभोक्तालाई गुणस्तरीय तथा सहज स्वास्थ्य, शिक्षा, खानेपानी र सञ्चारसँग सम्बन्धित सेवामा समेत सहज पहुँचमा कठिनाइ रहेको पाइएको छ ।

अतःआयोग, नेपालको संविधान, उपभोक्तहित संरक्षण ऐन लगायत उपभोक्ता अधिकारको लागि विद्यमान नेपाल कानून र उपभोक्ताअधिकारको संरक्षण सम्बन्धी संयुक्त राष्ट्र संघीय मार्ग निर्देशिका समेतको प्रभावकारी कार्यान्वयन गरी आम उपभोक्ताको मानव अधिकारको संरक्षण र संवद्र्वन गर्न नेपाल सरकार र सम्वन्धित सरोकारवालाहरुलाई विशेष आग्रह गर्दछ ।

 

वेद भट्टराई
सचिव

प्रतिक्रिया