अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

२ मुक्तक

पुष्कर बराल २०७३ चैत २ गते ७:३१ मा प्रकाशित

समाज बिखण्डन गर्ने जातीका कुरा नगरौ 

स्वतन्त्र अति राम्रो हो पार्टीका कुरा नगरौ 

तैँ खा मै खा सबै सिध्या अरुलाई दिनु हुन्न 

यस्तो मात्र सोचँ भएका साथीको कुरा नगरौ

 

– सिन्को नभाँची सेवा गरे भन्दा होला है हावादारी 

कसैले पनि कुनै समाजलाई केहि गर्नु हुन्न गद्दारी

यो समाज बदल्न युवाहरु जुर्मुराउनु जरुरी  नै ,

युवाले नै गर्न सक्छन् समाज देशको पहरेदारी