अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५७ | Colorodo: 10:12

मुख्य सचिव सुवेदीलाई कारवाही गर्न माग (विज्ञप्ती सहित)

बिआरटीनेपाल २०७३ चैत २ गते ७:११ मा प्रकाशित
राष्ट्रिय कर्मचारी महासंघ नेपालले मुख्य सचिव सोमलाल सुवेदीलाई निलम्बन गर्न प्रधानमन्त्री प्रचण्डसँग माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट कर्मचारी संगठनले बुधबार प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै सो माग गरेको हो ।
केही दिनपहिले मन्त्रिपरिषद् बैठकले सुवेदीलाई एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकको रुपमा पठाउने निर्णय गरेपछि कर्मचारी वृत्तबाटै चर्को विरोध सुरु भएको छ ।
मुख्यसचिव सुवेदी एडीबीमा जागिर खान जाने कुराले सिंगो कर्मचारीको अपमान भएको भन्दै महासंघले तत्काल निलम्बन गर्न ध्यानाकर्षणमार्फत माग गरेको हो । निगम पुँजीवादको प्रतिनिधित्व गर्ने संस्थमा जागिर खान जाने सुवेदीलाई राष्ट्रियता र सार्वभौमिकताको माया र रक्षाभाव नहुने भन्दै पलायनवादीको संज्ञा दिइएको छ ।
‘राष्ट्रसेवक कर्मचारीलाई डीभी, पीआर तथा विदेशी स्थायी अनुमति पत्रलाई बन्देज गर्ने तर बहालवाला मुख्य सचिव आफैं पलायन हुने कार्यले निजामती प्रशासनको धज्जी उडाइएको छ’ महासंघका अध्यक्ष गोपालसिंह धामी र महासचिव अमर सिंह ओलीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
महासंघले एडीबीमा सुवेदीले खाने जागिर सहसचिव स्तरको भएकोले सोही स्तरका कर्मचारीहरुबीच खुला प्रतिस्पर्धाबाट पठाउन माग गर्दै त्यसनिम्ति आवश्यक कानून बनाउन समेत प्रधानमन्त्रीसँग माग गरेको छ ।
संवेदनशिलता र गोपनियताको हिसाबले सुवेदीले एडीबीमा जागिर खाँदा राष्ट्रियता र सार्वभौमिकतामाथि घात हुने महासंघका अध्यक्ष धामीले अनलाइन डबलीसँग बताए ।
‘नेपाल सरकारको सचिव तथा मुख्य सचिवबाट सेवा निवृत्त भएपश्चात ५ वर्षसम्म संवैधानिक, कुननीतिक तथा सरकारी बाहेक अन्यत्र नियुक्तिको लागि बन्देज गर्न निजामती ऐनमा अविलम्ब संशोधन गर्न माग गर्दछौं’ ध्याकर्षणपत्रमा भनिएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू