अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५१ | Colorodo: 17:06

किरण अधिकारी र पुस्कर अर्यालको रोइला गीत ‘सार्छु भन्छौ राजधानी’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ चैत १ गते १:०० मा प्रकाशित

किरण अधिकारी र पुस्कर अर्यालको पहिलो रोइला गीत ‘सार्छु भन्छौ राजधानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायिका सम्झना लामिछाने मगर र गायक कृष्ण रेउले स्वर रहेको छ पत्रकार तथा सर्जक किरण अधिकारीको संगीत रहेको यस गीतको शब्द कमला क्षेत्रिको रहेको छ ।

म्युजिक भिडियोमा रश्मि तामाङ, कृष्ण रेउले, पुस्कर अर्याल तथा किरण अधिकारीको रहेको छ । सुयुनिक जिम्बाको निर्देशनमा तयार भएको भिडियोको हरि न्यौपानले छायांकन गरेका छन् ।

गिरिस रिजालको सम्पादनरहेको भिडियोको कन्सेप्ट निर्देशन भने पंकज शर्माले गरेका हुन् । दृश्य निर्माण नाट्यश्वर कला केन्द्रले गरेको छ । सम्झना डिजिटलले गीतलाई बजारमा ल्याएको हो ।

आफुहरुको पहिलो एल्बम भएको र गीतसंगीतलाई बिभाजन गर्न हुँदैन भन्ने अभिप्रायले रोइला गित बजारमा ल्याएको पुस्करको भनाइ छ ।

प्रतिक्रिया