अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४८ | Colorodo: 18:03

डा. बाबुराम भट्टराई आज भारत जाँदै

बिआरटीनेपाल २०७३ चैत १ गते ०:४० मा प्रकाशित

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई आज भारत जाँदै छन् । भारतमा हुने बिभिन्न कार्यक्रमहरुमा सहभागी हुनका लागि आज दिउँसो ३ ३० बजे भट्टराई भारतको नयाँ दिल्ली जान लागेका हुन् ।

नयाँ शक्तिका अनुसार भारतमा १४ देखी १६ मार्च सम्म चल्ने इण्डिया फाउन्डेसनले आयोजना गरेको दिल्लीमा हुने ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा १५ मार्चमा सम्बोधन गर्नेछन् जसमा उनले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नेछन् ।

त्यस्तै १९ मार्चमा नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गरेको नेपालीहरुसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा पनि भट्टराई सहभागी हुने छन् भने पार्टीको आयोजनामा २० मार्चमा दिल्लीमा रहेका नेपालीहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पनि उनि सहभागी हुने छन् ।

भट्टराईले भारतमा रहंदा भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजिवी, नागरिक समाजका अगुवाहरुसँगे भेटघाट पनि गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू