अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४७ | Colorodo: 21:02

‘मान भर्सेस मती’ अन्तिम सातामा

बिआरटीनेपाल २०७३ चैत १ गते ०:११ मा प्रकाशित

थिएटर मल नाटकघरमा नाटक ‘मान भर्सेस मती’को मञ्चन अन्तिम सातामा पुगेको छ । फागुन १३ गतेदेखि नियमित मञ्चन भइरहेको केदार श्रेष्ठको लेखन, परिकल्पना र निर्देशन रहेको नाटकको अब केही शो मात्र बाँकी रहेको छ ।

अघिल्लो वर्ष पनि एक महिना मञ्चन भएको हाँस्यप्रधान यस नाटकले यसपटक पनि दर्शकको माया पाएको छ । अघिल्लो वर्ष तालनगरी पोखरामा समेत मञ्चन भएर दर्शकको मन जितेको नाटक ‘मान भर्सेस मती’को अहिलेसम्म ५०औं मञ्चन भइसकेको छ ।

परिवार बलियो हुन विश्वासका डोरीहरु बलियो बन्नुपर्छ भन्ने मूल मर्मको वरिपरी रहने ‘मान भर्सेस मती’ पारिवारिक द्वन्द्व र प्रेम देख्न सकिन्छ । वर्तमान शहरिया दैनिकीमा मध्यम वर्गीय सामान्य परिवारमा आइपर्ने र आउनसक्न व्यवहारलाई नै दृश्यात्मक बनाइएको छ ।
श्रीमान श्रीमतीबीचको सामान्य कथावस्तुलाई सुन्दर र कलात्मक प्रस्तुतिले नाटकलाई बेजोड बनाएको छ । छोराको रुपमा यताउता दगुर्ने भकुण्डोलाई विम्वात्मक रुपमा प्रस्तुत गरी बाल मनोविज्ञान र चञ्चलता समेत दर्शकले महसुस गर्दछन् ।

नाटकमा अकाश मगर, प्रेमवर्ष खड्काका साथमा कुशल पाण्डे, सवीर चुरौटे, शारदा अधिकारी, रोजिना श्रेष्ठ, रोसन सुवेदीलको अभिनय रहेको छ । बुधबारबाहेक हरेक दिन ठिक ५ः३० मा सुरु हुने नाटक आउँदो चैत ५ गतेसम्म चल्ने छ । शनिबार भने दिउँसो १ः३० बजेको पनि शो राखिएको थिएटर मलले जनाएको छ ।

यस नाटकलाई काठमाडौं बाहिर पनि मञ्चन गर्ने तयारी भइरहेको निर्देशक श्रेष्ठले जनाए । थिएटर मलमा आउँदो चैत २४ गतेबाट नाटक ‘आन्दोलन’ मञ्चन हुनेछ । जसलाई गतेदेखि सौरभ कार्कीको लेखेका हुन् भने सुदाम सिकेले निर्देशक गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू