अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३५ | Colorodo: 07:50

विद्यालय बनाइरहेको घाँसी नेपाललाई आनीछोइङको सहयोग

बिआरटीनेपाल २०७३ फागुन ३० गते १७:२५ मा प्रकाशित

हरी जङ थापा, काठमाडौँ 
आनी छोइङ डोल्माले विद्यालय भवन निर्माणका लागि १४ लाख भन्दा बढी रकम सहयोग गर्नुभएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका स्थित तारेभिर प्राथमिक विद्यालयको ३ कोठे भवन निर्माणका लागि उहाँले १४ लाख ७ हजार ५ सय ८५ रुपैंया सहयोग गर्नुभएको हो । सामाजिक संस्था घाँसी नेपाललाई चेक हस्तन्तरण गर्दै उहाँले आत्माशान्तिका लागि सहयोग गरेको बताउनु भयो ।

उहाँले गर्नु भएको सहयोगले आफ्नो विद्यालय निर्माण गर्ने अभियानमा ठुलो सघाउ पुगेको घाँसी नेपालले जनाएको छ । घाँसी नेपालले भूकम्पमा भत्किएका विद्यालयहरू पुनःनिर्माण गरिरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू