अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४९ | Colorodo: 19:04

लस् एन्जलसमा नेपाली साहित्य तथा काब्य शृंङ्खला गोष्ठी भव्य रूपमा सम्पन्न

बिआरटीनेपाल २०७३ फागुन ३० गते १४:३० मा प्रकाशित

विआरटी नेपाल सम्बाददाता, लस् एन्जलस ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लस् एन्जलस च्याप्टरले मासिक रूपमा गर्दै आएको नेपाली साहित्य तथा काब्य शृंखला गोस्टी भब्यरुपमा सम्पन्न गरेको छ । लस् एन्जलस च्याप्टरका अध्यक्ष डन कार्कीको सभापतित्व रहेको उक्त कार्यक्रम संस्थाका महासचिव प्रकाश चन्द्र घिमिरेले सञ्चालन गरेका थिए । 

कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण संस्थाका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले गरेका थिए । आफ्नो मन्तव्य राख्ने क्रममा साहित्यिक मनका धनी एल-ए बासी समस्त दाजु भाइ तथा दिदी बहिनीहरू बिच आफ्नो निकट्तम सम्बन्ध रहेको र निकट भविष्यमा गरिने अनेसास भवन निर्माणमा एलए बासीको पनि उल्लेख्य साथ र सहयोगको अपेक्षा रहेको बताए । अन्तमा आफ्नो मिठो मुक्तकले त्यो माहोललाई पूर्ण साहित्यिक बनाई दिएका थिए । 

नेपाल सरकार तर्फबाट आफ्नो गरिमामय उपस्थिति जनाएका बाणिज्यदुत ऋषि ढकालले विशेष आतिथ्यता ग्रहण गरेका थिए । भाषणले यो साहित्यिक माहोललाई खल्लो पार्नु आफूलाई उचित नलाग्ने बरु मिठा-मिठा कविता सुन्न आफू उत्सुक रहेको बताए । मन्तव्यका क्रममा, प्रदेशी माटोमा हुर्कने र बढ्ने नेपाली नयाँ पिँढीले आफ्नो मात्री भाषा र साहित्यको उपस्थिति र निरन्तरता गराई दिएकोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कुनै न कुनै दिन मूल्याङ्कन गर्ने छन् । विदेशी भूमिमा नेपाली भाषा र साहित्यको जगेर्णा र प्रबर्धनमा निरन्तर खटिएकोमा नेपाल सरकारका तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट पनि अन्तर्राष्ट्रिय साहित्य समाजलाई धन्यवाद व्यक्त गरे । 

अार्टेसिया सिटी प्लानिङ्ग कमिसनर तथा श्री पशुपतिनाथ फाउण्डेसनका अध्यक्ष भक्त थापा सम्मको उपस्थिति रहेको सो कार्यक्रममा हिन्दु धर्म शास्त्रका गुरु तथा नेपालका टि भी तथा रेडियोका धार्मिक कार्यक्रमका चर्चित प्रस्तोता पुरुश्वत्तम सापकोटा र गीतकार प्रेम गुरागाइँको उपस्थितिले कार्यक्रमको रौनक झन् बढाएको थियो । 

यसै गरी, लस एन्जलसका विभिन्न सङ्घ-संस्थाहरू लस एन्जलस तमु समाजका अध्यक्ष ज्ञानेन्द्र गुरुङ्ग, बुद्धिस्ट सोसाइटि अफ क्यालिफोर्नियाका अध्यक्ष तथा एनआरएनको भाषा तथा साहित्य कार्यदलका केन्द्रीय बोर्ड अफ डिरेक्टर राम लामा अविनाशी, अमेरिकन नेपाली सोसाइटिका अध्यक्ष चिरन गौतम, अनेसासका केन्द्रीय कोषाध्यक्ष सान्तिराम ढकाल, एनआरएन क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष राम बाबु पाण्डे, बौद्धिक समाजका अध्यक्ष बलराम थापा, नेपाल अमेरिका एकता समाजका अध्यक्ष सूर्य प्रसाई, जन सम्पर्क समितिका उपाध्यक्ष रेख उप्रेती आदिको उपस्थिति रहेको थियो । यसै गरी समाजका प्रबुद्ध व्यक्तिहरू कृष्ण कोइराला, रामजी गौतम, डिल्ली थापा, हंश बहादुर विष्ट तथा अन्य विशिष्ट व्यक्तिहरू र साहित्यिक अनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो । 

क्यालिफोर्नियाको लस एन्जलसका वरिष्ठ कबीहरु पुरुश्वत्तम सापकोटा, सान्तिराम ढकाल, प्रेम गुरागाई, राम लामा अविनाशी, तिलक कार्की, डन कार्की, प्रकाश चन्द्र घिमिरे, इन्दिरा त्रिपाठी, मोतिसरा विष्ट, सुदभ श्रेष्ठ र सूर्य प्रसाईं आदिले आ-आफ्ना रचना वाचन गरेर सहभागिहरुलाई मन मुग्ध बनाई दिएका थिए । कार्यक्रम तारा हिमालयन कुजिन, अार्टेसियामा भएको थियो जहाँं स्वादिष्ट नेपाली भोजनको व्यवस्था गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू