अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

झरीमा मलिना र अनुप एसडब्लु फेसन परेडको र्याम्पमा

बिआरटीनेपाल २०७३ फागुन ३० गते ११:१० मा प्रकाशित

‘अनप्लग्ड आवाज ’ ले शुक्रबार साँझ ‘पानी पर्यो’ बोलको गीत गाएपछि अवरोध भएको एसडब्लु फेसन परेड सीजन-२ लाइ पुन भोलिपल्ट सनिबार आयोजक भिन्टेन्ज इभेन्टले आयोजना सम्पन्न गरेको छ ।  सनिबार साँझ पनि पानि पर्ला जस्तो भएपनी मौसमले साथ् दिएपछि साँझ नया सेटअप सहित बेलुकी ७ बजे बाट कार्यकर्म सुरुवात भएको थियो ।

धरान-१५ स्थित इजी राइडर्स होटेलको खुल्ला प्रागनमा भब्य स्टेज र साठी फिट लामो र्याम्प मा काठमाडौं र धरानका सोनी श्रेष्ठ , मुना गौचन ,अल्का राइ ,वर्षा थकाली ,अनिशा शाही ,आयुष्मा रानी सिंह ,सन्दिपा लिम्बु ,दिपिका श्रेष्ठ ,अस्मिता खड्गी ,सरु लिम्बु ,राकेश लाम्कादे ,मिलन चन्द्र राइ ,सम्राट भण्डारी ,कौशल भगत प्रधानांग ,सौगात राइ लगायतका दर्जन बढी मेल तथा फिमेल मोडलहरु    सारी , लेहंगा र ट्रेडिसनल सिकवेंसमा र्याम्पमा ओर्लेका थिए ।

सबै डीजइनहरु  जियाज क्रियशनका अस्मि साम्पंग र जिया तामांगको डीजइनमा तयार भएका थिए ।सनिबारको सोमा पनि अन्त्यमा आएर सिमसिम पानी पर्न थालेपछि एक सिकवेंस छोटाएर सो – स्टपरको रुपमा ल्याइयेका मिस नेपाल २०११ तथा नायिका मलिना  जोशी र नायक तथा  म्यानहन्ट  इन्टरनेसनल नेपाल २०१३ लाइ स्टेजमा निकालिएको थियो ।

सिम-सिम पानी दर्कन थालेपछि भने उनीहरु छिटो -छिटो स्टेजबाट निस्कन बाध्य भएका थिए र  उनीहरुलाइ  दर्शकहरुले राम्रो संग हेर्न पनि पाएनन । पानी दर्केपछि हलभित्र राखिएको पार्टीमा दुवैजना आफ्ना प्रसंसकहरु संग फोटो खिचाउनमा व्यस्त देखिन्थे । बायो व्हिस्की र बायो भोड्काको प्रस्तुति तथा टुबोर्ग बीयरको मुख्य प्रयोजन मा भिन्टेन्ज इभेन्टसको आयोजना र सिल्भर इन्टरटेनमेन्टको व्यस्थापनमा सम्पन्न भएको  कार्यकर्मको सुरुवात र बिचमा धरानको माइवे क्रिउको डान्स, धरान फिटनेसको जुम्बा, सुमित क्षेत्रीको विटवक्सको आनन्द धरानेले लिए । त्यसबीचमा वोनम्यारोबाट सेल उत्पादन नहुने रोगबाट पीडित सविन राईलाई आयोजक भिनटेज इभेन्ट्सका एसडब्लु लामिछानेले ११ हजार रुपैया प्रदान गरेपछि सोहि समयमै  विराटनगरका कविन श्रेष्ठ र धिरज कार्कीले एक लाख रुपैया दिने घोषणा गरेभने   धरानका  सोहन मास्केले १० हजार रुपैया सहयोग गरे ।

प्रतिक्रिया