अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४७ | Colorodo: 12:02

शेर्पा लोसारमा ‘एमालेको कटाक्ष’

बिआरटीनेपाल २०७३ फागुन ३० गते ७:१३ मा प्रकाशित

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सहअध्यक्ष राजेन्द्र श्रेष्ठले एमालेका कारणले मुलुक मुठभेठतर्फ गएको आरोप लगाए । कुनैपनि हालतमा संविधान संशोधन रोक्न एमाले लागि परेको बताउँदै उनले भने ‘आदिवासी, मधेशी, शिल्पीलाई अधिकार दिन एमालेले चाहेकै छैन्, कुनैपनि हालतमा संशोधन रोक्न एमाले उद्दत छ ।’

पार्टी प्रदेश संगठन ‘शेर्पा प्रदेश समिति’ले राजधानीको बौद्धमा आयोजित लोसार शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सहअध्यक्ष श्रेष्ठले थपे ‘एमाले–कांग्रेसहरु ब्बाँसा हुन्, माओवादी चाँही भेडाको छात्रा ओढेका ब्वाँसा ।’ उनकै शब्दमा ‘जनतालाई झुक्याउँदै सत्तामा पुग्ने खेलमा ‘ठूला भनिएका’ दलहरु लागि परेको छन ।’ विश्वकै निष्कृष्ट संविधानलाई आदिवासी जनजाति, मधेशी, महिलाले कुनैपनि हालतमा स्वीकार्न नसक्ने बताउँदै पूर्वमन्त्री समेत रहेका श्रेष्ठले भने ‘अहिलेपनि हामीलाई भ्रमित बनाइरहेको छ र कुनैपनि हालतमा संविधान स्वीकार्न वाध्य तुल्याउन हामीमाथि अनेक हर्कत अपनाइरहेको छ । तसर्थ, सचेत हुनुपर्छ ।’ अलग प्रसंघमा नेता श्रेष्ठले भने ‘संविधान संशोधन विना स्थानीय निकायको चुनाव स्वीकार्य छैन ।’ सप्तरी घटनामा एमाले दोषी रहेको समेत श्रेष्ठको आरोप छ ।

त्यस्तै, एमालेको मेची महाकाली अभियानलाई नेता श्रेष्ठले नश्लीय विष फैलाउने खेल भनेका छन् । शेर्पा प्रदेश विनाको शेर्पाको अस्तीत्व संभव नभएको बताउँदै सहअध्यक्ष श्रेष्ठले भने ‘कम्तीमा दश जोड एक प्रदेश अनिवार्य हुनुपर्छ । त्यसमा शेर्पा प्रदेश अनिवार्य हुनुपर्छ ।’ आफूहरुको पार्टीलाई पहिचान र संघीयता पक्षधर दाबीसहित पार्टीमा गोलबद्ध हुन आह्वान गर्दै उनले अन्य पार्टीलाई उनकै शब्दमा भने ‘एमाले–कांग्रेस–राप्रपा’हरु गन्हाएका लाश हुन्, त्यसलाई बोकेर नहिँड्नुस्, त्यहाँ तपाईहरुको मुक्ति संभव छैन ।’

 

 

 

 

 

 

 

 

लोककल्याणकारी राज्य निर्माणः उपाध्यक्षद्धय
कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित समाजवादी फोरमका उपाध्यक्षद्धय रकम चेम्जाङ र हेमराज राईले पहिचानसहितको लोककल्याणकारी राज्य निर्माण गर्ने अभियानमा आफूहरु लागि परेको बताए । भने ‘लोककल्याणकारी राज्यको परिकल्पना हामीले गरेका छौं, अहिलेको जस्तो दमनकारी राज्य होइन ।’ समृद्धीका लागि पहिचानसहितको संघीयता अनिवार्य रहेको तर्क अघि सार्दै नेताद्धयले भने ‘पहिचानसहितको संघीयता भन्नु नै जातिको नामबाट राज्यको नामकरण गर्नू र सवैलाई राज्यको पहुँचमा पुर्याउनु हो । त्यसो भएमात्रै समृद्ध राष्ट्र निर्माण संभव छ ।’

शेर्पा प्रदेश विना राष्ट्रपति, प्रधानमन्त्रीले जारी गर्ने शुभकामना वक्तव्यको कुनै अर्थ नरहेको दाबी गर्दै नेताद्धयले भने ‘शेर्पा प्रदेश सहितको शुभकामनाले मात्रै खास अर्थ राख्छ, अहिले दिने शुभकामना सबै हामीलाई दिगभ्रममा पार्ने काम मात्रै हो ।’ पहिलो संविधानले उत्कृष्ट संविधानको खाका कोर्दै आम आदिवासी, शिल्पी, मधेशी, उत्पीडित वर्ग र समुदायलाई अधिकार सम्पन्न बनाउने देखेपनि षडयन्त्र पूर्वक संविधानसभाकै हत्या गरेको नेताद्धयको आरोप छ । शेर्पा प्रदेश निर्माण भए स्रोत परिचालन गरी सम्पन्न बनान खास समय नलाग्ने समेत पूर्व मन्त्री समेत रहेका नेताद्धयले विश्वास व्यक्त गरे । उनीहरुले पहिचानको आन्दोलनमा निरन्तर लागि रहन लोसारले शक्ति प्रदान गरोस भन्दै शुभकामना समेत व्यक्त गरे ।

चुड्कीको भरमा शेर्पा प्रदेशः ढाक्रे
कार्यक्रममा केन्द्रीय सदस्य जुद्ध ढाक्रेले शेर्पाहरु एकिकृत भए ‘चुड्कीको भरमा शेर्पा प्रदेश स्थापना गर्न सकिने’ दाबी गरे । शेर्पाहरुको विरता, साहस, मिहिनेत, लगनशीलतालाई कदर गर्दै शेर्पा स्वायत्त प्रदेश स्थापना गर्न राज्य वाध्य हुनुपर्ने बताउँदै शेर्पा प्रदेश समितिका पदेन सदस्य समेत रहेका नेता ढाक्रेले भने ‘तपाईहरुको एकता जरुरी छ । त्यसबाट पहिचानसहितको शेर्पा प्रदेश संभावना छ ।’ एक कदम अघि बढेर नेता ढाक्रेले शेर्पा प्रदेश स्थापना हुँदैन भन्नेहरुमा अध्ययनको कमी रहेको आरोप लगाए । ‘केपी ओलीले रोकेर अब पहिचान सहितको शेर्पा प्रदेश रोकिन्न ।’ उनले थपे । कार्यक्रममा नेवा प्रदेश अध्यक्ष नुहुच्छेलाल महर्जन, केन्द्रीय सदस्य महेन्द्र थापामगर लगायतले शुभकामना मन्तव्य राखे । समाजवादी विद्याथी फोरमका अध्यक्ष विवेश राई, संघीय खेलकूद महासंघका अध्यक्ष पूर्ण वस्नेत, पार्टी भातृ संगठनका पदाधिकारीहरु लगायतको कार्यक्रममा सहभागि थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू