अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२५ | Colorodo: 02:40

संस्कृती बचाउन अमेरिकामा रहेका नेपाली बालबालिकालाई नि:शुल्क नेपाली भाषा तथा मौलिक नृत्य कक्षा

बिआरटीनेपाल २०७३ फागुन २९ गते १२:०७ मा प्रकाशित

अमेरिकाको कोलोराडोमा नेपाली भाषा र संस्कृतीको बचाउका लागि बालबालिकाहरुलाई नेपाली भाषा र नेपाली संस्कृती संग जोडिएका मौलिक नृत्यहरुको कक्षा संञ्चालनमा ल्याईएको छ । निशुल्क रुपमा संचालन गरिएका यी कक्षाहरु कोलोराडोमा रहेका भुटानी समुदायको संस्था द भुटानिज कम्युनिटी अफ कोलोराडोले यो अभियानको थालनी गरेको हो ।

आयोजकका अनुसार बालबालिकाहरु हिजो आज फुर्सदको समयमा कम्प्युटर, टयाब्लोईट र यिनिहरुमा खेलिने गेममा मात्र भुल्ने प्रबृति देखिएकाले उनिहरुलाई भाषा र संस्कृतिको ज्ञानका लागि यो कक्षा संचालनमा ल्याईएको हो ।

हिजो आज यहाँ बसोबास गर्ने बालबालिका मात्र होईन उनिहरुका अभिभावकहरुले पनि बोल्दा नेपाली भाषा प्रयोग अत्यन्तै न्यून मात्रामा गर्ने गर्दछन् । उनिहरुको यो जिवनशैलीले बालबालिकाहरु पनि नेपाली भाषा तथा संस्कृति जान्ने र बुझने मौकाबाट बञ्चित भईरहेका हुँदा आफ्नो भाषा र संस्कृतिबारे बालकालिकालाई जानकारी दिनु आवश्यक देखेर नेपाली भाषा तथा मौलिक संस्कृती संग सम्बन्धीत नृत्य कक्षा सञ्जालनमा ल्याएको आयोजकले बताएका छन् ।

आउदो हप्तादेखि बालबालिका हरुसँगै अभिभावकलाई पनि उत्साहित गराउन बालबालिकाहरुलाई कक्षा लिने बेला उनिहरुको लागि योगा गर्ने वातावरण बनाईनेछ । यसका साथैं स्वास्थ्यका लागि फाईदाजनक टिप्सपनि उनिहरुलाई दिईनेछ ।

ईच्छुक अभिभावकहरुलाई उनिहरुका बालबालिकाहरुलाई यो कक्षामा सहभागि गराउन आयोजकले अनुरोध गरेका छन साथैं यसका लागि संस्थाका कार्यकारी निर्देशक रोहित ढुंगेललाई 7204222305 मा सम्पर्क गर्न सकिनेछ ।

मार्च ११ तारिकबाट सञ्चालनमा आएको यो कक्षा हप्ताको एक दिन हरेक शनिवार बिहान ९ः३० बाट ११ः३० सम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू