अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२४ | Colorodo: 07:39

बिकट बस्तीका बालबालिकालाई साहित्यमा प्रेरित गर्ने अभियानमा ‘कफि र कविता’

बिआरटीनेपाल २०७३ फागुन २९ गते ०:५४ मा प्रकाशित

साहित्यका बिबिध बिधामा कलम चलाईरहेका युवाहरुले फरक प्रस्तुतीको साहित्यिक कार्यक्रमको सुरुवात गरेका छन् । नेपालका बिकट बस्तीहरुमा पुस्तकालय खोल्ने उद्येश्यका साथ युवा कविहरुले कफि र कविता नामक साहित्यीक कार्यक्रमको सुरुवात गरेका हुन् ।

शनिवार राजधानीको नाङसाल क्याफेमा आयोजित कार्यक्रममा कविहरु विपिन, तिमल्सीना, अन्शु खनाल, रसिक राज, सितल लामा, राजु खनाल, योगेश घिमिरे, जिवन भट्ट, सिमा घिमिरे, रोषन कोईराला लगायतले आफ्ना साथै अन्य कविहरुका कविता प्रस्तुत गरे ।

एक कफ कफि पीउने रकमको केही प्रतिशत बिकट भेगका बालबालिकाको शिक्षा साथै उनिहरुलाई साहित्यीक पुस्तकक उपलब्ध गराउने उद्येश्य रहेको कार्यक्रममा उपस्थिीत कविहरुले देशको राजनितिक अवस्था, समाजका यथार्थ संगै केही श्रृगांरीक कविताहरु पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रमका सभापती कवि रसिक राजले कार्यक्रम आयोजना गर्नुको उद्येश्य र आगामी योजनावारे जानकारी गराए साथै उनले आफुसंग पढिसकेर थन्कीएका साहित्यीक पुस्तकहरु उपलब्ध गराएर सहयोग गर्न पनि सबैमा अनुरोध गरेका छन् ।

होलीको स्वागत संगै सुरु गरिएको अभियान सहितको कार्यक्रम’ कफि र कविता’का सञ्चालक कवि विपिन तिमल्सीनाको प्रस्तुतीले पनि कार्यक्रममलाई थप रोचक बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू