अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२१ | Colorodo: 10:36

एनआरएन अमेरिकाको सदस्यता किन लिने ?- बेदराज बस्नेत

बिआरटीनेपाल २०७३ फागुन २८ गते ९:२३ मा प्रकाशित

सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ तथा दिदी-बैहिनीहरु
नमस्कार !

म बेदराज बस्नेत, एनआरएन अमेरिकाको केन्द्रीय कोषाध्यक्ष । एनआरएन प्रवास मा बस्ने नेपालीहरूको ग्लोबल संस्था हो जसको मान्यता नेपाली संविधान मार्फत नै जारी गरिएको छ। एनआरएन अमेरिकाको निर्वाचन चाडै आउन लागेको छ र निर्वाचनमा सहभागी हुन् यस संस्थाको सदस्यता प्राप्त गरेको हुनुपर्ने वैधानिक प्रावधान छ। म यिनै कुरा जानकारी गराउन उपस्थित भएको छु।

अमेरिकामा अन्य संस्ठाहरु छन् जसले तपाईँहरूको स्थानीय, क्षेत्रीय, जातीय, धार्मिक रूपमा तपाईँहरूको प्रतिनिधित्व गरर्छन तर एनआरएनले भने सबैको साझा बनेर सबै क्षेत्रीय, जातीय, धार्मिक आस्थाका नेपालीहरूको सामूहिक हक अधिकारका निमित्त नेपाल सरकारसँग प्रवासी नेपालीहरूको हक हितको माँग राख्दै नेपालको हरेक दुख सुखमा सहभागी हुँदै आएको छ।

एनआरएन कै पहलमा दोहोरो नागरिताको प्रावधान नेपाली संविधानमा भई सकेको छ र परिचय पत्र व्यवस्था समेत भई सकेको छ। तर, हामी अझै एक पटकको नेपाली सधैको नेपाली भनी अन्य अधिकारको निमित्त नेपाल सरकारसँग हाम्रो अधिकारको उचित सम्बोधनको निमित्त पहल गरिरहेकै छौ।

यति हुँदा हुँदै पनि अझ हामीले हाम्रा धेरै राजनैतिक अधिकार, आर्थिक अधिकारका निमित्त धेरै काम गर्न बाँकी छ। यी सबै कार्य गर्न संस्था दर्हो नभई हुँदैन। संस्था बलियो देखिन सङ्ख्या पहिलो आधार हो।

हालै एनआरएनको तथ्याङ्क कमिटीले पेस गरेको प्रतिवेदन अनुसार २ लाख ५० हजारको हाराहारीमा हामी नेपालीहरू अमेरिकामा छौ। जब हामी नेपाल सरकारसँग हाम्रा हक -अधिकारको कुरा गर्छौ त्यतिखेर हाम्रो सङ्गठित सदस्यता निकै थोरै देखेपछि हाम्रो कुराको सुनुवाइ त्यति दह्रो नभएको महसुस हामीले गरेका छौ। यी नागरिक अधिकार सम्बन्धी कानुन निर्माणको कुरामा टेवा पुर्‍याउनका निमित्त एनआरएनको सदस्यता लिनु जरुरी छ।

त्यसै गरी अमेरिकामा धेरै माइन्युरिटिमा भएका नागरिकलाई अमेरिकन सरकारले विभिन्न किसिमका सुविधा दिँदै आएको छ तर हामीसँग अमेरिकन प्रशासनसंग कुरा गर्न जाने सङ्ख्या नहुनाले हामी हैसियत बिनाको नागरिक जस्तै हुनुपरेको छ।

अमेरिकाको वर्तमान अवस्थामा आप्रबाशीहरुले असहजता महसुस गर्नु परेको छ। यो असहज स्थितिलाई कम गर्न, अमेरिकन सामु आप्रबाशीको सांगठानिक एकता देखाउन तथा आफ्नो उपस्थिति दह्रो देखाउनका निमित्त पनि एनआरएनको सदस्यता लिनु जरुरी छ।

नेपाललाई दुख पर्दा हामीलाई पनि दुख्छ तर त्यो दुखमा मल्हम लागाउन व्यक्तिगत भन्दा सामूहिक इफोर्ट मजबुत हुन्छ त्यसका निमित्त पनि एनआरएनको सदस्यता लिनु जरुरी छ।

एन आर एन गैर राजनैतिक संस्था हो। यसलाई साच्चिकै गैर राजनैतिक बनाउन तपाइहरुले सदस्यता लिनुभए मात्र भोटिंग अधिकार हुने हुँदा आफूले चाहेको सक्षम उमेदवारको विजय गराउन समेत सदस्यता लिनु जरुरी छ।

तपाईँले चाहे जसरी यो संस्थाको विकास गर्दै प्रवासी नेपालीहरूको हक, हित अधिकार नेपाल सरकारसँग तथा हाम्रो कर्मभूमी अमेरिकामा समेत गर्न का निमित्त तपाइको कुरा आधिकारिक रूपमा राख्न पनि एनआरएनको सदस्यता लिनु जरुरी छ।

गुनासाहरु त सङ्घ संस्थाहरूमा मात्र हैन घर ब्याबहारमा पनि हुन्छन् । तीनको समाधान त्यही संस्था भित्र बसेर मात्र गर्न सकिन्छ। तपाइको पनि गुनासो हुनसक्छ एनआरएनसँग, आउनुहॊस सदस्यता लिनुहोस्, तपाईँको छरछिमेक आफन्तलाई सदस्यता लिन प्रेरित गर्नुहोस् अनि सबै सँगै बसोउ र हरेक समस्याको समाधान गरौँ।

धन्याबाद !

प्रतिक्रिया