अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

सिमानामा म-रसिक राज

बिआरटीनेपाल २०७३ फागुन २७ गते ७:३३ मा प्रकाशित

 

बाजेले
विश्वयुद्धमा खाएका
भाडाका गोली बापत
पाएका तक्माहरु बचेर,
बा´ले
किनेको एक टुक्रा
जमिनको लालपुर्जा
आज
मेरो नाममा सरेको छ।

 

ए!देश!!!
त्यो
एक टुक्रा
जमिन बेचेर
म एउटा बन्दुक किन्न चाहन्छु

उभिन चाहन्छु
दसगजामा।

प्रतिक्रिया