अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

सप्तरीको घटनाप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण:पिडितलाई उचित क्षतिपूर्तिको माग 

बिआरटीनेपाल २०७३ फागुन २५ गते ३:४९ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीमा घटेको घटनाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ । मंगलवार आयोगले प्रेश विज्ञप्ती जारी गर्दै नेकपा एमालेद्वारा राजविराजमा फागुन २३ गते आयोजित कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सुरक्षाकर्मीहरु वीचको झडपको क्रममा प्रहरीको गोलि लागेर ४ जनाको ज्यान गएको र दर्जनौं व्यक्तिहरु घाइते भएको घटनाप्रति दुख ब्यक्त गर्दै अत्यन्त घटनाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको हो ।

जार िविज्ञप्तीमा भनिएको छ कुनैपनि व्यक्तिको जीवनको अधिकार सुनिश्चित गर्नुृपर्ने निकायबाटै अत्यधिक बल प्रयोग भई यस्तो परिस्थिति उत्पन्न हुनु मानव अधिकार सम्मत मान्न सकिन्न । मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६ तथा नेपालको संविधानको धारा १६ द्वारा प्रदत्त बाँच्न पाउने अधिकारलाई कसैले पनि कुनै पनि बहानामा कुण्ठित गर्र्न मिल्दैन । यी अधिकारहरुको सम्मान गर्नु प्रत्येक व्यक्ति, राजनीतिक दल तथा समूहको कर्तव्य हो ।

नेकपा एमालेद्वारा राजविराजमा फागुन २३ गते आयोजित कार्यक्रममा देखिएको तनावग्रस्त स्थीती अझै साम्य भै नसकेको अवस्थामा आयोगले जारी गरेको बिज्ञप्तीले २३ गतेको झडपमा घटेको अप्रीय घटनालाई ध्यानमा राखी घटनाको निष्पक्ष छानविन गरी दोषीउपर कानूनी कार्यवाही गर्न, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घटनामा घाइते भएका सर्वसाधारण, प्रदर्शनकारी तथा सुरक्षाकर्मीहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकार संग माग समेत गरेको छ ।

उसोत यो बिरोध प्रर्दशनमा जनकपुरस्थित राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्रीय कार्यालय समेत घेराउ गरिएको थियो ।  मधेसी मोर्चाको आन्दोलनप्रति राष्ट्रिय मानवअधिकार आयोगका अधिकारीको अभिव्यक्ति विभेदपूर्ण रहेको भन्दै प्रदर्शनकारीले जनकपुरस्थित राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्रीय कार्यालय घेराउ गरि एक घन्टा धर्ना समेत दिएका थिए । राजविराजमा भएको घटनापछि आक्रोशित मोर्चा कार्यकर्ताले आयोगको कार्यालय घेराउ गरेका हुन् ।

यता आयोगका निमित्त क्षेत्रीय निर्देशन भुवन नाथले भने मोर्चा कार्यकर्ताको आरोप निराधार रहेको भन्दै सप्तरीमा भएको कार्यक्रममा चारजना अधिकारकर्मी खटाइएकोमा दुईजना एमालेको कार्यक्रममा र दुईजना सिभिल ड्रेसमा आन्दोलनमा रिपोर्टिङ गरिरहेको बताए ।साथै उनले आयोग सबैको साझा भएकाले शंका नगर्न आग्रह समेत गर्दै आएका छन् ।

 

यस्तो छ, राष्ट्रिय मानव अधिकार आयोगले जारी गरेको प्रेश विज्ञप्ती 

 

 

 

 प्रेस विज्ञप्ति

(आमसञ्चारका माध्यममा तत्काल उपयोगको लागि)

२०७३ फागुन २४ गते

सप्तरीको दुःखद घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण

नेकपा एमालेद्वारा राजविराजमा फागुन २३ गते आयोजित कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सुरक्षाकर्मीहरु वीचको झडपको क्रममा प्रहरीको गोलि लागेर ४ जनाको ज्यान गएको र दर्जनौं व्यक्तिहरु घाइते भएको घटना अत्यन्त दुःखद् हो । यस घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।

घटनाको निष्पक्ष छानविन गरी दोषीउपर कानूनी कार्यवाही गर्न, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घटनामा घाइते भएका सर्वसाधारण, प्रदर्शनकारी तथा सुरक्षाकर्मीहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । सो घटनाको सम्बन्धमा आयोगले नजिकबाट अनुगमन र अनुसन्धान शुरु गरेको छ ।

झडपको क्रममा घाइते भएका तथा मृतकहरुको अवस्था सम्बन्धमा तथ्यहरु संकलन गर्न आयोगले क्षेत्रीय कार्यालय विराटनगरबाट धरान तर्फ एक अनुगमन टोली आजै परिचालन गरेको छ । सप्तरीमा उपचाररत घाइतेहरुको अवस्था अनुगमनको लागि क्षेत्रीय कार्यालय जनकपुरबाट अर्को टोली खटाइएको छ । सप्तरी घटनाको अनुगमनको क्रममा खटिएको टोली र सवारी साधन माथि भएको मोर्चाका कार्यकर्ताहरुको आक्रमणबाट भएको क्षतिप्रति आयोग खेद प्रकट गर्दछ । आयोगको अनुगमन, अनुसन्धान कार्यमा कतैबाट पनि अवरोध सृजना नगर्न आयोग ध्यानाकर्षण गराउँदछ ।

कुनैपनि व्यक्तिको जीवनको अधिकार सुनिश्चित गर्नुृपर्ने निकायबाटै अत्यधिक बल प्रयोग भई यस्तो परिस्थिति उत्पन्न हुनु मानव अधिकार सम्मत मान्न सकिन्न । मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६ तथा नेपालको संविधानको धारा १६ द्वारा प्रदत्त बाँच्न पाउने अधिकारलाई कसैले पनि कुनै पनि बहानामा कुण्ठित गर्र्न मिल्दैन । यी अधिकारहरुको सम्मान गर्नु प्रत्येक व्यक्ति, राजनीतिक दल तथा समूहको कर्तव्य हो ।

कुनैपनि राजनीतिक दलले आफ्ना राजनीतिक क्रियाकलापहरु सञ्चालन गर्दा हदै सम्मको संयमता अपनाउन समेत आयोग आग्रह गर्दछ ।

 

……………
मोहना अन्सारी
सदस्य\प्रवक्ता

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू