अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४८ | Colorodo: 11:03

अब यी देशमा मानिस अमेरिका जान पाउँदैनन्

बिआरटीनेपाल २०७३ फागुन २४ गते १९:४० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ वटा मुस्लिम बहुल मुलुकका नागरिकलाई चार महिना सम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धि परिमार्जित नयाँ आदेशमा हस्ताक्षर गरेका छन् ।

यसअघि जनवरी २७ मा जारी गरिएको आदेशमा ७ मुस्लिमबहुल मुलुकका नागरिकलाई चार महिनासम्म प्रवेशमा रोक लगाइएकोमा नयाँ आदेशमा इराकलाई हटाइएको  छ ।

निषेधित सूचिका ६ मुलुकमा इरान, सोमालिया, लिबिया, यमन, सुडान र सिरिया छन् । नयाँ आदेश मार्च १६ बाट लागू हुने  कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू