अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

सप्तरी गोलीकाण्डमा अमेरिकाको चासो-सुरक्षा निकायलाई अधिकतम संयमता अपनाउन आग्रह

बिआरटीनेपाल २०७३ फागुन २४ गते १९:२८ मा प्रकाशित

सप्तरीमा गोलीकाण्डबाट तीन जनाको मृत्युबारे संयुक्त राज्य अमेरिकाले गम्भीर चिन्ता व्यक्त गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै सप्‍तरीमा प्रदर्शनकारीहरूको ज्यान जाने गरी भएको घटनाप्रति चिन्ता व्यक्त गरेको हो।

दूतावासले नेपाली सुरक्षा निकायलाई अधिकतम संयमता अपनाउन र आन्दोलनरत दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आग्रह समेत गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अङ्ग हो, तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन। नेपाली जनताले आफ्ना लोकतान्त्रिक अधिकार व्यक्त गर्दै गर्दा हामी नेपाली सुरक्षा निकायलाई अधिकतम संयम अपनाउन आग्रह गर्दछौँ। त्यसैगरी सबै प्रदर्शनकारी र दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आग्रह गर्दछौं।’

यस्तै दूतावासले नेपाल नेपाली जनता र नेपाल सरकार ऐतिहासिक स्थानीय निर्वाचनको तयारीमा जुटेकोप्रति उत्साह व्यक्त गर्दै संविधान कार्यान्वयन गर्न र मुलुकका सबै स्थानमा उत्तरदायित्व तथा जवाफदेहिता सुनिश्‍चित गर्न सरकार र दललाई विज्ञप्ति मार्फत आग्रह गरेको छ।

नेपाली जनता लोकतान्त्रिक मार्गमा अगाडि बढ्दै गर्दा अमेरिका सबै नेपालीहरूसँग सहकार्य गर्न अमेरिका प्रतिबद्ध रहेको दूतावासले जनाएको अन्नपूर्ण पोस्टमा खबर छ ।

अमेरिकी दूतावास, काठमाडौँको वक्तव्य नेपालीमा: https://t.co/GzoPozh9Y6
Statement from the @USEmbassyNepal in English: https://t.co/ygEDbkXWNv pic.twitter.com/GgezB07FQy

— U.S. Embassy Nepal (@USEmbassyNepal) March 7, 2017

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू