अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०७ | Colorodo: 10:22

नेपाली वाङमय प्रतिष्ठानद्वारा दमकमा स्रष्टा सम्मान

बिआरटीनेपाल २०७३ फागुन २४ गते ५:३७ मा प्रकाशित

नेपाली वाङमय प्रतिष्ठानले दमकमा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानले बालबालिकाहरुको क्षेत्रमा कार्यरत सामाजिक अभियन्ता तथा साहित्यकार दुर्गा मैनालीलाई सम्मान गरेको हो ।

अग्रज साहित्यकार युवराज नयाँघरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मैनालीलाई दोसल्ला ओढाएर कदर पत्र द्वारा सम्मान गरिएको हो । असहाय बालबालिकालाई संरक्षण गर्दै आउनु भएकी सामाजिक अभियन्ता मैनालीलाई समाज सेवामा विशिष्ट योगदान गरे वापत सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष युवा कवि धनकुटे कान्छाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि युवराज नयाँघरेले नेपाली वाङमय प्रतिष्ठानले यस्ता कार्यक्रमहरुको आयोजना गरी नेपाली साहित्यिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गरेको बताउनु भयो । नेपाली समाजमा सकारात्मक कुराभन्दा नकरात्मक कुरा मात्रै हेर्ने प्रवृत्तिको विकाश हुँदै गएको भन्दै समाजका सकारात्मकतालाई सबैले प्राथमिकता दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा साहित्यकारहरु केशव आचार्य, लीला अनमोल, एल.पि. जोशी, कृष्ण उदासी, चोमु शेर्पा लगायतले आफ्ना रचना वाचन गर्नु भएको थियो । समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा सप्तरङ्गी एफ.एम.का सञ्चालक राजकुमार भट्टराई, लाईफ लाईन अस्पतालका सञ्चालक बालचन्द्र सुब्बा, जेष्ठ नागरिक संघ झापाका अध्यक्ष भवानी दाहाल लगायतले आफ्नो विचार राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू