अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 23:54

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा यात्रा प्रतिबन्ध सम्बन्धी नयाँ कार्यकारी आदेश

बिआरटीनेपाल २०७३ फागुन २३ गते २०:५५ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा यात्रा प्रतिबन्ध सम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेका छन् l उनले गरेको कार्यकारी आदेशलाई नवौ पुनरावेदन अदालत तथा डिसी अदालत समेतले खारेज गरेको थियो l राष्ट्रपति ट्रम्पले अदालतको फैसला माथि पुन विचार गर्न अपिल समेतलाई अदालतले अस्थाई यात्रा स्थापित नगर्ने फैसला गरेको थियो l

सात वटा मुलुक इराक, सिरिया, लिबिया, सुडान तथा येमनका नागरिकहरू अमेरिका अस्थाई रूपमा आउन प्रतिबन्ध गरिएको थियो l राष्ट्रपतिको कार्यकारी आदेशलाई अस्वीकृत गर्दै अदालतले ७ देशका नागरिकलाई अमेरिका निरन्तर आउन सक्ने बनाई दिएको थियो l

उनको मौलिक कार्यकारी आदेश भन्दा फरक नरहेको आज जारी यो आदेशमा इराकका लाई उक्त सुचीबाट हटाईएको छ l राष्ट्रपतिले गत बुधवार नै उनले यो कार्यकारी आदेश जारी गर्ने रहेका थिए भने तर उनले काँग्रेसलाई सम्बोधन गरे पछि सारिएको हो l उनले जनवरी २७ तारिखमा जारी गरिएको कार्यकारी आदेश खारेजी गर्दै नयाँ यात्रा प्रतिबन्ध जारी गरेका हुन् l

यात्रा प्रतिबन्धमा इराकलाई हटाईएको छ भने अब ६ वटा राष्ट्रलाई मात्र लागु हुनेछ l गत फेब्रुअरी १० तारिखमा राष्ट्रपति डोनाल्ड ट्रम्प तथा इराकका प्रधान मन्त्री हैदर अल अबादी बिच कुराकानी भएको तथा उप राष्ट्रपति माइक पेन्स बिच फेब्रुअरी १८ तारिखमा कुराकानी भएको सीएनएनले जनाएको छ l

अब यो कामको जिम्मेवारी अमेरिकन न्याय विभागले गर्ने छ भने अहिले सम्म ६ उक्त मुसलमान देशका भित्रिएका शरणार्थी मध्ये करिब ३ सय जना एफबिआईको कडा निगरानीमा रहेको बताएका छन् l उनीहरू आतङ्कवादसँग सम्बन्ध भएको आशंका गरिएको छ l

यो नयाँ कार्यकारी आदेश अनुसार अस्थाई आवासीय पत्र (ग्रिन कार्ड ) तथा कानुनी रूपमा अमेरिका छिरेकालाई लागु नहुने भएको छ l सात वटा मुलुक इराक, सिरिया, लिबिया, सुडान तथा येमनका नागरिकहरुलाई यात्रा प्रतिबन्ध गर्दा अमेरिकामा ट्र म्प प्रशासन विरुद्ध २ दर्जन मुद्धा दायर भएका थिए l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू