अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

कोलोराडोमा डिल्लीराज भट्टका साथ कानुनी अन्तरक्रिया कार्यक्रम हुने

बिआरटीनेपाल २०७३ फागुन २१ गते ९:५० मा प्रकाशित

विआरटी नेपाल सम्बाददाता, अमेरिका 

न्यु योर्कका अध्यागमन कानुन व्यवसायी डिल्लीराज भट्टका साथ कोलोराडोमा कानुनी अन्तरक्रिया कार्यक्रम हुने भएको छ । कार्यक्रममा अमेरिकाको नयाँ कानुन तथा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपको कार्यकारी आदेश पश्चात् नेपाली समुदायमा यसको के कस्तो प्रभाव पर्दछ भनी प्रस्नोतर गर्न सकिनेछ ।

आफूलाई कानुनीरुपमा परेका समस्याहरुका बारेमा उक्त कार्यक्रममा सोझै भट्टसंग आफ्नो जिज्ञासा राख्न सकिने छ । व्यक्तिगत रूपमा भट्टसंग भेटन चाहनेको लागि १० मिनटको समय उपलब्ध गराउने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । त्यसको लागि आयोजक टिमसंग सम्पर्क गर्न सकिने छ ।

मार्च ११ तारिखमा बिहान १०:३० देखी १:३० सम्म ब्रुमफिल्डको मिनी इन्डियाज रेस्टुरेन्टमा हुने भएको उक्त कार्यक्रम नेपाली घर, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एनआरएन कोलोराडो च्याप्टर, हिमालयन लाइन्स क्लब लंगमन्ट, वर्ल्ड फ्रेन्डसिप एण्ड पिस क्याम्पेन, फिल्म आर्टिस्ट एशोसियशन अफ नर्थ अमेरिका च्याप्टर, अमेरिका नेपाल टेलिभिजन तथा बिआरटी नेपाल डट कमको संयुक्त पहलमा उक्त कार्यक्रम गर्न लागिएको छ । उक्त कार्यक्रमको बिआरटी नेपाल डट कमबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ । फेसबुक कमेन्ट बक्सबाट आफ्नो प्रश्न सोध्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू