अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३६ | Colorodo: 15:51

अन्तर्राष्ट्रिय जातीभेद दिवसको अवसरमा आउने सनिबार कोलोराडोमा कार्यक्रम आयोजना हुंदै

बिआरटीनेपाल २०७३ फागुन १५ गते १०:२९ मा प्रकाशित

अन्तर्राष्ट्रिय रंगभेद दिवस (International day for the elimination of racial discrimination) को अवसरमा जातिभेद विरुद्ध अन्तर्राष्ट्रिय सञ्जाल (Global forum against caste based discrimination) को आयोजनामा यही मार्च १८, २०१७ मा कोलोराडोमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा अमेरिकाका लागि नेपाल सरकारका राजदूत डा. अर्जुनकुमार कार्की, नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसी, अरोरा महानगरका प्रतिनिधि, नेपाल सरकारका उपसचिव डा. मान बहादुर विश्वकर्मा, डा. बिष्णुमाया परियार लगायत अन्य व्यक्तित्वहरु विशेष अतिथिको रूपमा उपस्थित हुने आयोजक संस्था ग्लोबल फोरमका अध्यक्ष तीर्थ बर्माले जानकारी गराउनु भएको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय रंगभेद दिवसलाई विशेष महत्वका साथ मनाइने, विश्व दलित आन्दोलनको बारेमा चर्चा गरिने, विभिन्न व्यक्तित्वलाई सम्मान गरिने र अन्तरक्रिया गरिने आयोजकले बताएका छन् ।

प्रतिक्रिया