अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 17:11

जापान सरकारको निमन्त्रणामा उधोग मन्त्री जोशी साताव्यापी जापानको भ्रमणमा

बिआरटीनेपाल २०७३ फागुन १३ गते १५:१४ मा प्रकाशित

उधोग मन्त्री नवीन्द्र राज जोशी र जापानको सत्तारूढ़ दल लिभर डेमोक्रेटिक पार्टीका महासचिव निकाई तोसिहिरो बिच टोकियोमा भेंटवार्ता भएको छ। यसै गरी उधोग मन्त्री जोशी र जापानका वातावरण राज्य मन्त्री इतो तादाहीको बिच पनि टोकियोमा भेटघाट भएको छ ।

दुवै भेंटका अवसरमा नेताहरू बिच नेपालको औधोगीक विकासमा जापानी सहयोग परिचालनका बारेमा छलफल भएको थियो । जापानी नेताहरूले नेपालमा वातावरण मैत्री औधोगीकरणमा सघाउन तयार रहेको बताउनु भयो । नेपालको योजनाबद्ध औधोगीकरणमा सघाउन जापानमा रहेको थिंक्ट्याक ARIA मार्फ़त सहयोग अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नेपालमा फोहर मैला व्यवस्थापन जडिवुटी जन्य उधोग र वातावरण मैत्री औधोगीक क्षेत्रको स्थापनामा लगानी गर्न इच्छुक रहेको उहाहरूले बताउनु भयों । भूकम्प पछिको पूननिर्माणमा थप सहयोग गर्ने प्रतिवद्घता समेत उहाहरूले व्यक्त गर्नु भयो ।

नेपालमा यही फागुण १९, २० गते काठमाण्डौमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा जापान कातर्फबाट सहभागिता जनाउने प्रतिबद्धता समेत उहाहरूले व्यक्त गर्नु भयो ।

सो अवसरमा उधोग मन्त्री नवीन्द्र राज जोशीले नेपालमा अब औधोगीकरणको समय सुरु भएकोले नेपालमा लगानी विस्तार गरी फ़ायदा लीन आग्रह गर्नु भयो ।

विदेशी लगानी कर्ताहरूलाई पनि स्वदेशी लगानीकर्ता सरहको सुविधा उपलब्ध गराउन नेपाल कतिपय नीतिगत सुधार गरिसकेको भन्दै मन्त्री जोशीले भारत र चीनको विशाल हज़ार सम्भावना नेपालमा रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नु भयो ।

दुवै जापानी नेताहरू लाई नेपाल भ्रमणका लागी समेत मन्त्री जोशीले अनुरोध गर्नु भयो । जापान सरकारको निमन्त्रणामा उधोग मन्त्री जोशी साताव्यापी भ्रमणका क्रममा जापानमा हुनुहुन्छ ।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू