अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

ब्राजिलका विदेशमन्त्रीले उपचार खर्च खाेजेनन् बरु राजीनामा दिए

बिआरटीनेपाल २०७३ फागुन १३ गते ७:४० मा प्रकाशित

रियो दि जानेरो । ब्राजिलका विदेश मन्त्री जोसे सेराले स्वास्थ्य सम्बन्धी समस्याका कारण बुधवार पदबाट राजीनामा दिनुभएको छ । उहाँले राष्ट्रपति मिसेल टेमेरसमक्ष बुझाएको राजिनामापत्रमा अस्वस्थताका कारण आफूले जिम्मेवारी निर्वाह गरिरहन नसक्ने भएकाले राजीनामा दिएको उल्लेख छ । उहाँको वास्तविक स्वास्थ्य अवस्था सम्बन्धी पर्याप्त विवरणहरू सार्वजनिक भएका छैनन् । गत वर्ष उहाँको शल्यक्रिया गरिएको थियो ।

विदेशमन्त्रीको रूपमा सेराले ११ महिना मात्रै काम गर्न पाउनु भएको छ । उहाँलाई गत वर्षको मे महिनामा राष्ट्रपति टेमेरले विदेशमन्त्रीमा नियुक्त गर्नु भएको थियो । विदेशमन्त्री भएपछि उहाँले सिनेट छोड्नु भएको थियो । सिनेट सदस्यको तेस्रो कार्यकाल उहाँको सन् २०२२ सम्मको थियो । आफ्नो राजनीतिक यात्राको अधिकांश समय खर्चिएको साओ आउल प्रदेशको सिनेट सदस्यमा उहाँ फेरी फर्किने अपेक्षा गरिएको थियो । रासस÷सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू