अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

चलचित्र ‘निसाफ’को छायाँकन सुरु

बिआरटीनेपाल २०७३ फागुन १३ गते ०:५५ मा प्रकाशित

अनुप बिक्रम शाहीको मुख्य भुमिका रहने चलचित्र ‘निसाफ’ सुरु भएको छ । बिहिबार भक्तपुर गठ्ठाघरस्थित दुर्गा मन्दिरमा पुजा गर्दै चलचित्रको छायाँकन सुरु गरिएको हो ।

मुर्हत सट समेत लिइएको कार्यक्रममा अभिनेता अनुपबिक्रमले ‘अदालतमा निसाफ मिल्ला नमिल्ला तर मेरो अदालतमा तुरुन्त निसांफ मिल्छ’ भन्ने चलचित्र भित्र रहेको एक सम्बाद बोल्दै मुर्हत सट दिए ।

मुर्हतमा पत्रकार कुबेर गिरीले क्ल्याप ठोके, संगीतकार मनोज चौलागाइले नरिवल फोर, निर्देशक नेत्र गुरुङले क्यामरा सुइज अन गरे भने चलचित्रका निर्देशक समेत विवेक सापकोटाले नै मुर्हत सटको निर्देशन गरे ।

निसाफको प्रस्तुतकर्ता समेत विवेक सापकोटा हुन् । अपराधिक कथामा बन्न लागेको यो चलचित्रमा अनुपको अलवा सरोज खनाल, धु्रव कोइराला, यादव बैरागी, भरत ढुङगाना, सगुन थापा, बिजयजङ रायमाझी, रबिना खतिवडा, साधना सिलवाल लगायतको अभिनय समेटिनेछ ।

सुपरियल फिल्मस्को ब्यानर बन्न लागेको चलचित्रका निर्माता यस जंग राना हुन् । लेखन समेत निर्देशक आफैले गरेको यो उनको निर्देशनमा डेब्यु चलचित्र हो ।

चलचित्र दिब्य सुवेदीको छायाँकन, मनोज चौलागाइको संगीत ,श्री श्रेष्ठको द्धन्द्ध र कवीराज र बब्बुको नृत्य रहनेछ । चलचित्रका मुख्य सहायक निर्देशक विजय राज पौडेल हुन् ।

३५ दिनको छायाँकन सेलुड सहित फ्लोरमा उत्रिएको यो चलचित्रको निर्माण लागत ६० लाख अनुमानत गरिएको छ । काठमाडौ, भत्तपुर लगायतका स्थानमा छायाँकन हुने चलचित्र आर आर फिल्मस्ले बितरण जिम्मा लिएको छ ।

प्रतिक्रिया