अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

आशिक प्रजापतिको शब्द-संगीतमा ‘हेरन मायाले’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ फागुन १२ गते ०:१९ मा प्रकाशित

गायक आशिक प्रजापतिको शब्द तथा संगीतमा ‘हेरन मायाले’ बोलको पप गीत सार्वजनिक भएको छ । पछिल्लो समय नेपाली संगीतमा सक्रीय रहेका युवा गायक तथा संगीतकार प्रजापतिले आफैंले लेखेको ‘हेरन मायाले’ बोलको गीत गायिका निखिता थापाल र गायक दिपक बिरहीको आवाजमा बजारमा आएको हो ।

करिब एक दर्जन गीतहरुमा आफ्नो स्वर र दुई दर्जनभन्दा बढी गीतहरुमा शब्द तथा संगीत भरिसकेका प्रजापतिको यो गीतमाथी बनेको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । नेश क्रियसनले निर्माण गरेको भिडियोलाई दिपेन्द्र रायमाझीले निर्देशन गरेका हुन् ।

मोडल विवेक दराई र ममता तामाङको साथमा अन्य कलाकारले पनि अभिनय रहेको भिडियोलाई ओम प्रशाईले छायाँकन तथा सम्पादन गरेका हुन् ।

प्रतिक्रिया