अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२७ | Colorodo: 20:42

अस्टिनमा कानूनी परामर्श तथा छलफल कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७३ फागुन ११ गते ९:३३ मा प्रकाशित

टेक्सस राज्यको राजधानी अस्टिनमा ग्रेटर अस्टिन नेपाली सोसाइटीले राष्ट्रपति ट्रम्पको अध्यागमन सम्बन्धी आदेशबाट सिर्जना भएको अन्यौललाई प्रस्ट पार्ने एवं आवश्यक सजगता र सहयोगका बारे विशेष अंतर्क्रिया कार्यक्रम “क़ानूनी परामर्श तथा छलफल कार्यक्रम ” गत आइतबार सम्पन्न गरेको छ । कार्यक्रमको विशेष अतिथिमा वरिष्ठ कानुनविद खगेन्द्र जी.सी. , अस्टिन सहरका न्यायधिस जर्ज सी थोमस का साथै एनआरएन अध्यक्ष केशव पौडेल हुनुहुन्थ्यो ।

हाल अमेरिकाको नयाँ नियम क़ानून र परिस्थिति बदलिएको हुनाले कुन बेला के हुन्छ कस्तो परिस्थिति आउँछ भन्न नसकिने अवस्थामा सबै सतर्क रहनु पर्ने वहाँहरूले सल्लाह सुझाव दिनुभयो । नियम क़ानून फेरबदल भइरहेको परिस्थितिमा यदि गल्ती भई पक्राउ परेमा आफन्तलाई फोन सम्पर्क गरी क़ानूनी परामर्श लिई अदालती प्रक्रियाबाट अगाडी बढाउन सकिने कुरा न्यायधिश जर्ज सी थोमसले सल्लाह दिनुभयो । नयाँ राष्ट्रपति र नियम कानुन फेरबदलको प्रक्रियाले उब्जाएको त्रासदीमा नेपालीहरूलाई त्यत्ति डर नभएपनि सतर्कता अपनाउन वरिष्ठ कानूनविद खगेन्द्र जी.सी.ले सुझाव दिनु भयो ।  एनआरएन अमेरिका नेपालीहरूको हकहित र अधिकारको लागि सधैँ लड्न तयार रहेको एनआरएन अध्यक्ष केशव पौडेलले सोही कार्यक्रममा बताउनु भयो ।

सञ्चालन महासचिव सुदीप दाहालले गर्नु भएको थियो भने स्वागत मन्तव्य किर्तना बाँस्कोटाले गरेकी थिइन् । ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष देवराज न्यौपानेको अध्यक्षता सो सम्पन्न भएको थियो । सोसाइटीको दोस्रो अधिवेशनको यो पहिलो कार्यक्रम प्रशंसनीय र सर्हानीय रहेको कार्यक्रममा सहभागी भई फर्किनेहरूले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू